
दोरेन्द्र खड्का , बझाङ
विद्यालय व्यवस्थापन समितिको पदाअवधि सकिएको ९ महिना विति सक्दा पनि बझाङको बुंगल नगरपालिका – ९ स्थित केदार माध्यामिक विद्यालय देउलिकोटमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन ।
२०७८ पुस १६ गते पुरानो विद्यालय व्यवस्थापन समितिको कार्यअवधि सकिएको भएता पनि हाल सम्म नयाँ विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको हो । समितीमा राजनितीक दलहरुको भागभण्डा नमिल्दा समिति गठन हुन नसेको विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष जहरे बोहराले बताए । नि वर्तमान नगरप्रमुख धनबहादुर बिष्टको वडामा रहेको उक्त विद्यालयमा विव्यस समिती गठन गर्नकै लागि ४ पटक सम्म अविभाक भेला गराएर बैठक बसी सहमतिको प्रयास भएपनि नेपाली काग्रेसका नेताहरुले पार्टीगत तरीकाले भागभण्डा गर्न खोज्दा सहमति नभएको स्रोतले बताएको छ ।
भागभण्डाकै कारण सहमति नभएपछि निर्वाचन गरेर विव्यस गठन गर्न विद्यालयले भाद्र ३० गतेका लागि निर्वाचनको समय तोक्यो । तर बुंगल नगरपालिकाका शिक्षा शाखा प्रमुख गोपाल कुवरले विव्यस गठनको लागि चुनाव गर्नुपर्ने प्रधान नरहेको भन्दै नगरपालिका बाट प्रतिनिधि पठाएर सहमति गर्ने भन्दै निर्वाचन स्थगित गरेको हो । तर विद्यालय व्यबस्थापन समिति गठन तथा व्यवस्थापन कार्यबिधिमा सहमति नभए चुनाव गर्ने प्रधान पनि उल्लेख गरीएको छ।


राजनितीक आडमा कनिष्टलाई नि प्रधानाध्यापक
वि.स. ०७८ पुस ४ गते उक्त विद्यालयका नि.वर्तमान प्रधानाध्याप ललित बहादुर सिहँको अवकास पछि विदाई गरीएको थियो । पुस ७ गते नै बिद्यालयका कर्मचारीहरुले उक्त विद्यालयका वरीष्ट शिक्षक लालसिहँ पुजारालाई निमित्त प्रधानाध्यापक बनाउने निणर््ाय गरेको भएपनि राजनितीक पुर्वआग्रहकै कारण विद्यालय व्यवस्थापनले स्वकृत नगरी आफ्नो कार्यअवधि सकिएको भन्दै पन्छिएको बताएको छ । शिक्षा ऐनमा कुनैपनि कारण प्रधानाध्यापकको पद रिक्तहुन गएमा पदपुर्ती नहुन्जेल सम्म वा प्रधानाध्यापक नियुक्ती नभए सम्मका लागि उच्चतहको बरिस्ट शिक्षकले निमित्त प्रधानाध्यापको कामगर्न पाउने प्रबधान रहेको छ ।
उक्त ऐनअनुसार विद्यालयको नि.प्रधानाध्यापक प्रथम श्रेणी मावि उच्च वरस्टि शिक्षक लालसिहँ पुजाराले पाउने पर्नेहुन्छ । तर केदार माविले भने ऐन विपरीत कुनैपनि निर्णय बिनानै निमित्त प्रधानाध्यापको जिम्वेवारी काग्रेंस निकट भएकै कारण गोपाल दत्त भट्टले पाएका छन् । यसरी विद्यालयलाईनै राजनितीको अखडा बनाएपछि छोराछोरीको भविष्यमाथि खेल्न खोजेको भन्दै अविभावकले चिन्ता व्यक्त गरेकाछन् । यस विषयमा वरष्टि शिक्षक पुजाराले भने राजनितीकै कारण आफुले पाउनु पर्ने अधिकार समेत गुमाउनु परेको बताए ।
उनलेभने पछिल्लो समय काग्रेका स्थानिय नेताहरुले राजनितीक आस्थाकै कारण मलाई फरक व्यवहार देखाएका छन् र म पिडित भएर बसेको छु फेरी नि यस्तै कार्यभइरहे भए कानुन अनुसार अगाढी बढ्न आफु तयार रहेको पनि उनले बताउनु भयाे।
