मानसिंह विश्वकर्मा , बुटवल , भाद्र ३१
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेश र कोरियनको समन्ध विगतदेखि रहदैँ आएकोले अझै युगौँ युगसम्म रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
यस्तो विचार मुख्यमन्त्री केसीले कञ्चन गाउँपालिका रुपेन्दहीको पिपरीचौतारामा बुद्धिष्ट कल्चर एक्चेन्ज टेम्बलको शिलेन्यास कार्यक्रममा बोल्दै बताउनुभएको हो । मुख्यमन्त्री केसीले बौद्ध गुम्बा निर्माणले नेपाल र कोरियनबीचको साँस्कृतिक, आर्थिक रुपमा आदान प्रदान हुने भएकाले गर्दा बृहत योजनाले कञ्चनबासीको जीवन परिवर्तनका लागि कोसेढुङ्गगा सावित हुने बताउनुभयो ।
उहाँले लुम्बिनी प्रदेश सरकारले कञ्चन गाउँपालिकामा बनाउने भनेर पहिले देखिनै पहल थालेको बल्ल योजनाले सार्थकता पाएकामा कोरियन टिमलाई प्रदेश सरकारो तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयोः–“हामीले हामीले बनाउनको लागि धेरै लागेका थियौँ, उहाँहरु पनि भौतारीनुभएको थियो, हामी पनि भौतारिएका थियौँ पछि हामीले कञ्चन गाउँपालिकामै छनौट गर्न तयार भयौँ र अब यसले गति लिएको छ । यसलाई सार्थकता दिनु पर्दछ यसमा सरोकावाला सबै निकाय लाग्नुहोस् ।”
मुख्यमन्त्री कुलप्रसाद केसीले शैक्षिक सिकाई, धार्मिक सद्भाव, आर्थिक उपार्जन भार्षिक सिकाई लगायतका क्षेत्रमा परिवर्तन गरी कञ्चनबासीको समेत जीवन परिवर्तन हुने बताउनुभयो । कञ्चबासीको जीवन परिवर्तनसंगै लुम्बिनी प्रदेशमा गौरवको आयोजनाहरुलाई पूर्णता दिइ आफ्नो गाउँलाई पर्यटकीय दृष्टिले सबैको आकर्षकणको केन्द्र बनाउनको लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा कोरियन टिमका प्रमुख क्वाक नो डाल ले बुद्ध देश नेपालबाट शान्तिको सन्देश जसरी विश्वमा फैलिएको बताउँदै त्यसका लागि आफूहरुले पनि कोरियन बौद्ध धर्मालम्बीहरुले सहकार्य गर्न चाहेको बताउनुभयो । उहाँले आफरुलाई लुम्बिनी प्रदेश सरकारकाले काम गर्न अबसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै यस कार्यलाई पूर्णता दिने कार्यमा आफूहरु लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बुद्धको देशमा आफूहरुले सहकार्य गर्न पाउँदा कोरियन टिमको तर्फबाट धन्यवाद व्यक्त गर्नुभया् ।
सो कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य भूमेश्वर ढकालले लुम्बिनी प्रदेशबासीको लागि एउटा ऐतिहासिक कार्य भएको बताउनुभयो । यसलाई आफ्नो निर्वाचन क्षेत्रमा निर्माण हुने भएकाले सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नभयो । निर्माण समितिका संयोजक हस्तबहादुर सावरले कञ्चनबासीहरुको समृद्धिका लागि महत्वपूर्ण कार्य तयार भएकोले सबैको सहयोग र सहकार्यमा अगाडि बढिने बताउनुभयो ।
उहाँले स्थानीयबासी समुदायहरुको तर्फबाट प्रदेश सरकार र कोरियन टिमलाई धन्यवाद समेत व्यक्त गर्नुभयो । सो बौद्ध गुम्बा कोरिएनको टिमले आर्थिक सहयोग र कञ्चनबासीहरुको सहकायईमा अगाडि बढाउनु पर्ने बताउनुभयो ।