“एक घर एक बिरुवा ” नाराका साथ वडा कार्यलयबाट नि:शुल्क आप, कागती र कटहरको बिरुवा बितरण

0
Quantam abroad studies

कपिलवस्तु , कार्तिक २३
जिल्लाको महाराजगन्ज नगरपालिका वडा नं. ११ मा वडाबासीलाइ निशुल्क आप , कागती र कटहरको बिरुवा बितरण गरिदैछ ।

जिल्ला बन डिभिजन कार्यलय तौलिहवाबाट सहकार्य गरि खरीद गरेर १७०० सय बिरुवा मागाइएको थियो । जसमा ८०० आप ८०० कागती र १०० वटा कटहरको बिरुवा खरीद गरि आएको वडा सचिवा प्रदीप कुमार कहारले बातउनु भयो। उहाँले ” एक घर एक बिरुवा ” नारा सहित हरित स्वाच्छ वडा बनाउदै अक्सिजनको मात्रा वृद्धि गर्दै कार्बनडाईअकसाइडलाई घटाइ जलबायु परिवर्तन रोक्न सानो सहयोग पुग्ने अपेक्षा रहेको सचीव कहारले बातउनु भयो ।

सम्पुर्ण वडाबासीलाइ अवस्यकता अनुसर १/२ वटा बिरुवा मिलाएर दिइरहेको र घटेको अवस्थामा फेरिबाट ब्यवस्थापन गरि अाउने दिनमा पुन बितरण गर्ने वडा अध्यक्ष धर्मेन्द्र कुमार पुरीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.