युरो फोर मापदण्डको गाडी जिल्लाको पश्चिम क्षेत्रमै पहिलो पटक सञ्चालनमा

0
Quantam abroad studies

कपिलबस्तु , कार्तिक २३
जिल्लाको कृष्णनगरमा कृष्णनगर–काठमाण्डौ रुटमा चल्ने गरि सुविधा सम्पन्न बस सेवाको उद्घाटन गरिएको छ । पश्चिम नेपालबस व्यवसायीद्धारा देव दर्शन मेट्रो एसी बस सेवाको उदघाटन गरि सञ्चालन गरिएको हो ।

सो बस सेवाको उद्घाटन कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले गर्नु भएको छ । सो अवसरमा बोल्दै नगर प्रमुख शाहले यात्रुहरुलाई सुरक्षित र आरमदायी यात्राका लागि महत्वपुर्ण टेवा पुग्ने बताउनुभयो ।

सो क्षेत्रका जनतालाई सुविधा सम्पन्न सुरक्षित यात्रा गराउने उद्धेश्यले बस सेवा सञ्चालन गरिएको पश्चिम नेपालबस व्यवसायीद्धारा सञ्चाीलत देव दर्शन मेट्रो एसी बसका सञ्चालक किशोर वाग्लेले बताउनु भएको छ।

sahani furniture udyog

उक्त बस साझा ७ बजे प्रत्येक दिन कृष्णनगरबाट चन्द्रौटा , गोरुसिंहे , जितपुर , बुटवल हुँदै काठमाण्डौ सम्म पुगनेछ भने काठमाण्डौ बस पार्कबाट प्रत्येक दिन साढे ६ बजे कृष्णनगरको लागि छुट्ने छ । टाटा कम्पनिको एल टि ओ ६२ युरो फोर मापदण्डको गाडी पश्चिम क्षेत्रमै पहिलो पटक सञ्चालनमा आएको छ । बस ४१ सिटको रहेको छ । बसमा सोफा सिस्टमको सिट, बाई फाई , अप्रिय घटना हुन नदिन सिसिटीभि क्यामरा समेत जडान गरिएको छ ।

सो बस सेवाको उद्घाटन कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले गर्नु भएको छ । कार्यक्रममा कृष्णनगर बस पार्क व्यवस्थापन समितिका अध्यक्ष नसरुल्लाह खान, किफाइत उल्लाह खा, मोलाना सफिक, हरि बहादुर क्षेत्री, शिव बहादुर वाग्ले निर्मल पराजुलि अरुण कुमार श्रीवास्तव लगायतको समेत सहभागिता रहेको थियो । कार्यक्रम किशोर वाग्लेको अध्यक्षतामा र दिपक काफ्लेको संचालनमा सम्पन्न भएको थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.