
कपिलवस्तु , कार्तिक २७
जनता समाजवादी पार्टी कपिलवस्तु द्वारा तौलिहवामा चुनावी ¥यालि गरिएको छ ।
जनता सामजवादी पार्टी कपिलवस्तु क्षेत्र नम्बर २को (ख)का लुम्बिनी प्रदेश सभा सदस्य पदका प्रत्यक्ष उम्मेदवार डा.अब्दुल रासिद खाँ द्धारा अयोजित ¥यालि कपिलवस्तु नगरपालिका प्रसासन चोक , जमुवरटोल , महजीदटोल , खुनुवा रोड , बहदुरगांगज हुलकीरोड, शिवमन्दिरा, पसुराम गाली, अदलतटोल, गौढी चौक , नया बजार चौक लागयत तौलिहवामा चुनावी ¥यालि गरिएको हो । विगत बर्षाै बर्ष देखि विभिन्न दलहरूले यस क्षेत्रमा राज गरे तर विकास केही पनि गर्न नसकेको उम्मेदवार डा.अब्दुल रासिद खाँ अरोप लगाउनु भएको छ । कपिलवस्तु जिल्लाको दक्षिणी क्षेत्रमा एउटा राम्रो उच्चस्तरको क्याम्पस , सुविधा सम्पन्न स्वास्थ्य अस्पातल नहुन दुखद कुरा रहेको खाँ भनाइ रहेको छ ।


क्षेत्र नम्बर २को (ख) मा गुणस्तरीय शिक्षाको पहुँच , गुणस्तरीय स्वास्थ्य , सडक ,कृषि र पर्यटनको विकासका लागि चुनव चिन्ह छाता मतादनागरी भारी मतले जिताउन उम्मेदवार खाँ लै सबै मतदाता संग आग्रह गर्नु भएको छ । विगत को मधेस अन्दोलन देखि मधेश र मधेशी , आदिवासी, जनजाति ,दलित ,मुस्लिम ,महिला , पिछडवार्ग लगायतको हकअधिकारका को लागि डा.अब्दुल रासिद खाँ अग्रपङ्तीमा रहेर भुमिक निर्वाह गर्दै अएका छन् ।
¥यालि कार्यक्रम जसपा कपिलवस्तु जिल्लाका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव , जसपा सामनुपतिका उमेदवार साधिकाा यादव लगायत ५ सय जनाको सहभागीता रहेको थियो ।
