सविता गुप्ता , मंसिर २३ , कपिलवस्तु
“सभ्य समाजको पहिचान लैंङ्गिक हिंसा विरुद्धको अभियान” भन्ने नारा को साथ ३१ औं अन्तर्राष्ट्रिय लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत आज समावेसिता क्रिकेट खेल प्रतियोगिता उदाघाटन भएको छ ।
कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ५ सिसहनीकोट को फिल्डमा समावेसिता क्रिकेट खेल प्रतियोगिताको मायादेवी गाउँपालिकाका पालिका अध्यक्ष वलीउद्दी मुसलमान ले उदाघटन गर्नु भएको हो । खेलको मध्यामबाट लैंङ्गिक हिंसा न्यूनिकरण गर्न सक्ने पालिका अध्यक्ष मुसलमानले बताउनु भएको छ । क्रिकेट खेल प्रतियोगिताको उद्दाघटन गर्दै पािलका अध्यक्ष मुसलमान ले पालिका बाट हुने सक्ने सबै सहियोग गर्ने उहाँले प्रतिबद्धात व्यक्ति गर्नुभएको छ ।
३१ औं अन्तर्राष्ट्रिय लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउदै गर्दा लैंङ्गिक हिंसा न्यूनिकरण गर्न क्रिकेट खेल प्रतियोगिता युवा र युवतीहरुको समावेसिता गरी संचालन गारिएको सनशाईन सामाजिक विकास संस्था र युनाइटेड मिसन टु नेपालद्धारा संचालित शान्तिका लागि स्थानीय क्षमता कार्यक्रमका परियोजना अधिकृत मनोज कुमार यादवले जनकारी दिनुभएको छ । कार्यक्रम स्वतन्त्र युवा क्लव अध्यक्ष सन्तोस वढइ को अध्यक्षता र मायादेवी गाउँपालिका का पालिका अध्यक्ष वलीउद्दी मुसलमान को प्रमुख अतिथता रहेको थियो । आतिथिहरुका वडा सदस्या इनरमती लोध , युनाइटेड मिसन टु नेपालद्धारा संचालित शान्तिका लागि स्थानीय क्षमता परियोजनका प्रजेक्ट म्यानेजर धनी राउत लगायत रहनुभएको थियो । कार्यक्रम संचालन परियोजना अधिकृत मनोज कुमार यादवले गर्नुभएको थियो । प्रतियोगितमा मायादेवी गाउँपालिका वडा नम्बर ४ भित्रका ५ टिमको सहाभागित रहेको छ ।
प्रतियोगिता सनशाईन सामाजिक विकास संस्था यूनाईटेड मिसन टु नेपाल को सहयोग संचाललित शान्तिका लागि स्थानीय क्षमता परियोजनको सहयोग , मायादेवी गाउँपालिका कार्यालय पकडी कपिलवस्तु र वडा नम्बर ४ को कार्यालय पिपराको सहकार्य र स्वतन्त्र युवा क्लव मायादेवी गाउँपालिका वडा नम्बर ४ पिपराको अयोजनमा भाइरहेको छ । कार्यक्रम विभिन्न महिला समुह , युवा क्लव ,किशोरी संजाल , लगायतको सहाभागिता रहेको थियो ।