वडाबाट च्याउको बिउ बितरण संगै पशु स्वास्थय शिविर

0
Quantam abroad studies

एस एम न्युज , मंसिर २६
कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नं. ११ मा वडाको तर्फबाठ २ दिने च्याउ उत्पादन तालिम र बिउ बितरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार तालीममा सहभागी कुल ८५ जनालाई वडा अध्यक्ष धर्मेन्द्र पुरीले बिउ बितरण गर्दै तालिमको समापन गर्नु भएको थियो ।

तालीमका सहभागी रहेका चिनक मल्लाहले अहिलेसम्म महगोमा किनेर खाने गरेको च्याउ यसपालि घरमै उत्पादन गरि खाने र पैसा बचाउने बताए ।

यस्तै वडा सचीव प्रदीप कहारले च्याउ निकै पोस्टिक तरकारी भएको हुँदा तालिम पश्चात् अब सहभागीले घरमा कम ठाउँ र लगानीमा पोस्टिक तरकारी उत्पादन गरि लाभ लिन सक्ने बताउनुभयो ।

यसैगरी मंगलबार वडा कार्यालयको प्रागणमा १ दिने पशु स्वास्थ्य शिविर संचालन भएको थियो । शिविरमा किसानका पशु चौपायाको समस्या सुनि विभिन्न किसिमका औषधि नि:शुल्क रुपमा बितरण गरिएको थियो । औषधि संगै पशुपालकलाइ भेट चिकित्सकबाट विभिन्न किसिमका परामर्श र सुझाव सल्लाह दिइएको थियो ।

वडा अध्यक्ष धर्मेन्द्र पुरीले पशु स्वास्थय शिविरबाट धेरै पशुपालकले फाइदा लिने अवसर पाएका छन् । विशेष गरि बदलिँदो मौसम र बढदो चिसोमा पशु चौपायामा देखा पर्ने विभिन्न समस्याबाट आफ्नो पशुलाइ बचाउन भेट चिकित्सकबाट परामर्श लिइ लाभ उठाउनेमा आफु बिश्वश्त रहेको बताउनु भयो ।

यसैगरी कृषि नप्रसा संजय कुमार दिवेदिले पशु स्वास्थय शिविरले पशु पालकहरु सेवा लिइ उत्साहित रहेको बताउनु भएको छ । उहाले अगामि दिनमा पानी कृषक र पशुपालकको लागी विभिन्न कार्यक्रमहरु संचालन गरिने प्रयास गर्ने बताउनु भयो ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.