
उत्तमकुमार थापा , बझाङ
छविस पाथिभरा गाउँपालीका वडा नम्बर १ द्वारा अपांग दलित र एकल महिलालाई वल्याङकेट वितरण गरिएको छ ।
जिल्लाकाे छविस पाथिभरा गाउँपालीका वडा नम्बर १ ले चिसाे बढेको भन्दै गरिव विपन्न सहित दलित परिवार सहित अपांगहरुलाई २५ वटा वल्याङकेट वितरण गर्नु भएको हाे । आज वडा नम्बर १ का विभिन्न बस्तीहरुमा वडा अध्यक्ष करनजङ्ग बहादुर सिँह सहित सदस्यहरु र वडा सचिव सहितको टाेलीले घरघरमा गएर वितरण गर्नु भएको थियाे ।


वडा नम्बर १ काे आर्थिक सहयाेगमा २५ जना गरिव विपन्न अपांगलाई चिसाे हटाउन वितरण गर्नु भएको थियाे । जसमा जिउली झुट्याडा मटेला,परिङ्गाल र गुरायलथाम कापडी गाउँमा गएर वितरण गर्नुका साथै वडा अध्यक्ष करनजङ्ग बहादुर सिँह ब्याक्तिगत रुपमा प्रत्येकलाई पाँच सयका दरले आर्थिक सहयाेग पनि गर्नु भएको थियाे । यसपालि वडा वाट कम बजेट भएको कारण धेरैलाई समेट्न नसकेको र आगामी बर्ष छुटेकालाई सहयाेग गर्ने अध्यक्ष सिहले बताए ।
सहयाेग पाउनेमा नम्बर १ का सिन्की अाेढ पारु सार्की शिवहरी बिष्ट सुमित्रा कठायत एकल महिला बिष्णा गिरी नन्नमति गिरी प्यारी गिरी अपांग भगवती गिरी लगाएत २५ जनालाई बितरण गरिएको हाे ।
