आयुर्वेद जडिबुटी परिचयात्मक तथा स्थानीय परम्परागत वैद्य सम्वन्धि अन्तरक्रिया

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
आयुर्वेद जडिबुटी परिचयात्मक तथा स्थानीय परम्परागत वैद्य सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाकाे तलकाेट गाउँपालीका वडा नम्बर ६ मा अन्तरक्रिया कार्यक्रम गरिएको हाे । आज जिल्ला आयुर्वेद कार्यालय बझाङ र नागरिक आराेग्य सेवा केन्द्र तलकाेट गाउँपालीकाकाे आयाेजनामा कार्यक्रम गरिएको हाे । स्थानीय स्तरमा गरिने उपचार लाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उदश्यका साथ कार्यक्रम गरिएको नागरिक आराेग्य सेवा केन्द्र तलकाेटका कर्मचारी प्रकाश बिष्टले बताए ।

तलकाेट गाउँपालीकाकाे वडा नम्बर ६ काे सभाहलमा सञ्चालन भएको कार्यक्रममा वडा नम्बर ६ का बुढापाका स्थानीय बैद्यहरु र गाउँघरमा घरायसी प्राथमिक उपचार गराउने नागरिक विच छलफल गरिएको थियाे । विभिन्न स्थानबाट अन्तरक्रिया कार्यक्रममा आउनु भएका नागरिक र जिल्ला आयुर्वेद कार्यालय बझाङका प्रमुख विच कुराकानी भएको थियाे ।

छलफलमा तथा अन्तरक्रिया कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष विरजन जेठाराकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि तलकाेट गाउँवालीकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिद्बराज भण्डारी विशिष्ट अतिथि वडा नम्बर ७ का अध्यक्ष लक्ष्मण बिष्ट रहनुभएकाे थियाे । कार्यक्रम बारे आयुर्वेदका मिनबहादुर पुरीले कलास सञ्चालन गर्नुभएको थियाे भने,पर्शिक्षण आयुर्वेदका कृष्ण बहादुर कठायतले दिनु भएको थियाे ।

अन्तरक्रिया कार्यक्रममा आयुर्वेदले के कस्तो काम गरेको छ । आगामी दिनमा कसरी जान सकिन्छ भन्ने विषयमा छलफल भएको हाे ।

Leave A Reply

Your email address will not be published.