५ औं नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुरु स्टेडियम बनाउन पहल गर्ने प्रदेश सदस्य पाण्डेको उदघोष

0
Quantam abroad studies

एस एम न्युज , तौलिहवा
“स्वास्थयका लागी खेलकुद , राष्ट्रका लागि खेलकुद , अनुशासनका लागी खेलकुद , पहिचानका लागी खेलकुद ” भन्ने मुल नाराका साथ ५ औं नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुरु भएको छ । कपिलवस्तु नगरपालिकाको आयोजनामा पुस ५ देखी पुस ८ सम्म प्रतियोगिता चल्ने छ ।

तौलिहवा स्थित बुद्धपद्म माबिको खेल मैदानमा आज मध्याह्न बिशेष कार्यक्रम बिच प्रतियोगिताको उदघाटन गरिएको छ । उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि कपिलवस्तु २ को २ का प्रदेश सभा सदस्य शुधाकर पाण्डेले खेलकुद सबैका लागी महत्त्वपूर्ण भएपनि जिल्लामा एउटा राम्रो खेल मैदान र स्टेडियम नहुनु दु:खद कुरा रहेको बताउनुभयो । उहाँले जिल्ला भित्र उपयुक्त ठाउँको छनौट गरि स्टेडियम बनाउन प्रदेशमा पहल गर्ने समेत बताउनु भएको छ ।

तौलिहवा स्थित बुद्धपद्म माबिको खेल मैदानमा झाकि र विभिन्न नाचगान सहित प्रतियोगिताको उदघाटन भएको छ ।
नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिवल र एथलेटिक्स खेल मात्र हुने भएको छ । गत बर्ष कबड्डि खेलमा घटना हुँदा यसपटक कबड्डि नहुने समेत भएको छ । प्रतियोगितामा एथलेटिक्स तर्फ २३ वटा बिधालय र भलिबल तर्फ १४ छात्र र ७ वटा छात्राको टिम सहभागी भएका छन् ।
प्रतियोगितामा बिजेताका लागी पुरस्करमा खेलमा प्रथम हुनेलाई नगद २० हजार सहित सिल्ड र प्रमाण पत्र, द्धितियलाई नगद १२ हजार र प्रमाण पत्र र तृतिय हुनेलाई नगद ८ हजार र प्रमाण पत्रको ब्यवस्था संगै २३ स्वर्ण पदक , २३ रजत , २३ कास्य पदक समेत रहेका छन् ।

कार्यक्रममा कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञावाली, शिक्षा तथा समन्वय इकाईका प्रमुख थानेश्वर घिमिरे , कपिलबस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष मो जाहिद खाँ , वडा नं. ३ का वडाध्यक्ष प्रकाश गैरे, वडा नं. ४ का वडाध्यक्ष रविन्द्र तिवारी, वडा नं. ६ का वडाध्यक्ष रामजित कुर्मी, वडा नं. १० का वडाध्यक्ष मोहन लाल शर्मा, वडा नं. ११ का वडाध्यक्ष राम गोपाल यादव, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश उपाध्यय लगायत विभिन्न विद्यालयका प्रधानध्यापक , शिक्षक लगायतको र पालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

उक्त उदघाटन कार्यक्रम कपिलबस्तु नगरपालिकाका सामाजिक विकासका संयोजक दिरेप चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन युवराज भुषालले गर्नु भएको थियो।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.