छाडा चौपाया ब्यवस्थापनको माग गर्दै विद्यार्थीको धर्ना

0
Quantam abroad studies

जितेन्द्र पुरी , पुस ६
छाडा चौपाया व्यवस्थापनमा स्थानीय सरकार लगायत सम्बन्धित निकाय गम्भीर नभएको भन्दै तौलिहवामा विद्यार्थी हरुले आन्दोलन गरेका छन् ।

तौलिहवा स्थित कपिलवस्तु बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले छाडा चौपाया व्यवस्थापनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र कपिलवस्तु नगरपालिका अगाडी धर्ना दिइ प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । गाईगोरु लगायतका छाडा चौपायाको ब्यवस्थापन नहुदा किसानको अन्नबालि नोक्सान गर्ने देखी सडकमा हिड्ने विद्यार्थी र सर्वसाधारणलाइ समस्यामा परेको छ । गाइगोरु सडकमा बस्दा दुर्घटना बढ्दै गएको छ भने बाटोमा हिड्ने बालबालिका र विद्यार्थीलाइ दुर्घटना संगै गाइगोरुले हान्ने डर समेत हुने गरेको आन्दोलनमा रहेको विद्यार्थीको भनाइ रहेको छ ।

विद्यार्थीले स्थानीय सरकारको विरोध गर्दै राष्ट्रिय जनावर समेत रहेको गाईको संरक्षण गर्नु पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय र कपिलवस्तु नगरपालिका अगाडी नाराबाजी गरेका थिए । बिद्यार्थीले हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड लिएका थिए भने कपिलवस्तु नगरपालिका अगाडी कालो झन्डा समेत देखाएका थिए ।

sahani furniture udyog

छाडा चौपायाले दुर्घटना बढ्दा र बाटोमा आवतजावत गर्दा असुरक्षित महसुस भएपछि विद्यार्थी आफुहरु बाध्य भएर धर्ना दिन परेको विद्यार्थी अगुवा सुरज खनाल बताउँछन् । उनले प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापनपत्र दिई छाडा पशुको ब्यवस्थापनमा पहल गर्न अनुरोध गरेको बताउदै आफुहरुको कुरालाइ बेवास्ता गरे पुन आन्दोलन गर्न बाध्य हुने समेत बताए । गाइ नेपालको राष्ट्रिय जनावर हो यसको संरक्षणमा सबै मिलेर लाग्नु पर्ने रमेश कुमार गुप्ताले बताए ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ मिश्रले छाडा चौपायाको व्यवस्थापनका लागि आफुहरु प्रयासरत रहेको बताए । उहाले बिगतमा सबै पालिकाका मेयरलाइ एकैठाउँमा राखी बुद्धभूमि नगरपालिकाको गब्दाहवा छाडा चौपाया व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढाएको तर बिबिध कानुनी कारण बस समयमा काम हुन नसकेको बताउनुभयो । उहाँले चाडै स्थानीय सरकार प्रमुख संग आफुले यस विषयमा समन्वय गर्ने र समस्या समाधानको लागी पहल गर्ने बताउनु भयो ।

उक्त धर्ना कार्यक्रममा कपिलवस्तु बहुमुखी क्याम्पसका अगुवा विद्यार्थीहरु सुरज खनाल, प्रमिशा अर्याल, शिव अग्रहरी, रमेश कुमार गुप्ता र शिव कुमार गुप्ता लगायतले आफ्ना माग सहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई बुझाएका थिए । सो ज्ञापनपत्रमा राष्ट्रिय जनावर गाईको संरक्षण हुनु पर्ने र छाडा चौपायाको शीघ्र व्यवस्थापन गरि दुर्घटनाको जोखिम कम गर्न लगायतका माग गरिएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.