रविदत्त मिश्राको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

0
Quantam abroad studies

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्वर३(१) मा षड्यन्त्र गरी हराएको भन्दै पुनः मतगणनाको माग गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल का उम्मेदवार रविदत्त मिश्राले दर्ता गराएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

उम्मेदवार मिश्राले कपिलवस्तु ३ का मुख्य निर्वाचन अधिकृत प्रदीप मरासिनी , निर्वाचित भएका नेकपा एमाले का उम्मेदवार अर्जुन कुमार केसी , निर्वाचन आयोगलगायतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

सो रिटमा अदालतले निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई कारण देखाउ आदेश दिएको हो । अदालतले मतगणना समयको सिसिटिभी फुटेज र मतपत्र पनि सुरक्षित राख्न भनिएको बुझिएको छ ।

यहाँबाट प्रदेशसभा सदस्यमा नेकपा एमाले का केसी लाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले ६ मतले विजयी भएको घोषणा गरेको थियो । तर, लोसपा नेपाल का उम्मेदवार मिश्राले करिब १६४ सदर मत नै गणना नगरेको दाबी गरेका छन् ।

प्रतिनिधिसभातर्फको मतपत्र बाकसमा गएको अवस्थामा त्यसलाई पनि गणना गर्नुपर्ने आयोगको निर्देशिकामा व्यवस्था रहे पनि त्यसो नगरी आफूलाई षड्यन्त्रपूर्वक पराजित गराएको मिश्राको दाबी छ ।

‘१६४ भन्दा बढी सदर मतलाई बदर गरिएको, कुन मतदान केन्द्रमा कति मत खसेको र कति गणना भएकोलगायतका सूचना माग्दासमेत मुख्य निर्वाचन अधिकृतले नदिएपछि षड्यन्त्र गरेको पुष्टि हुन्छ’, उनले भने, ‘पुनः मतगणनाको माग गरेको छु । पुनः मतगणना भयो भने म चुनाव जित्नेमा ढुक्क छु ।’

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.