
माधव भाट क्षेत्री , कपिलवस्तु , पौष ११
नेकपा (मशाल), नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) ले संयुक्त रूपमा कपिलवस्तुको बाणगङ्गामा १३०औँ माओ दिवस मनाएका छन् ।
ने.क.पा.(मशाल )का प्रतिनिधि हिमलाल वाग्ले,नेकपा (बहुमत) का इन्चार्ज का. धमिल , ने.क.पा.( क्रान्तिकारी माओबादी ) का केन्दृय सल्लाहकार पिताम्बर आचार्य लगायतले आफ्ना धारणा राख्नु भयको थियो।
माओका योगदान, माओविचारधाराको अपरिहार्यता, नयाँ जनवाद र नेपाली क्रान्तिको कार्यदिशा लगायत माक्र्सवाद को बिकासमा माओको योगदान को चर्चा गर्दै माओले देखायको बाटोमा अघि बढ्ने प्रतिबद्धता सहित नेपालको बर्तमान परिस्थितिको बिसयमा समेत गम्भीर समीक्षा गरियको थियो ।।विश्व सर्वहारा वर्गका महान् नेता कमरेड माओ २६ डिसेम्बर १८९३ मा जन्मिएका थिए । माओको जन्मदिनमा संसारभरका क्रान्तिकारीहरूले सिर्जनात्मक- वैचारिक कार्यक्रम गरी माओ दिवस मनाउने गर्छन् ।


ने.क.पा. ( क्रान्तिकारी माओवादी ) का सेक्रेटेरी का. कमल उप्रेतीको अध्यक्षता नेकपा (बहुमत) का जिल्ला संयोजक का. शङ्घर्षको स्वागत मन्त्ब्य र नेकपा (मशाल) का जिल्ला प्रवक्ता माधव भाट क्षेत्रीको सहजीकरणमा कार्यक्रम सम्पन्न भयको थियो ।
