राष्ट्रीय पत्र द्वारा ७० जनालाई ज्याकेट वितरण।

0
Quantam abroad studies


केसी गुप्ता -कपिलवस्तु
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका रहेको अप्सरा मिडिया प्रा. लि. द्वारा संचालित राष्ट्रीयपत्र डटकॉमले ज्याकेट वितरण गरेको छ। आज कृष्णनगरका गरिब असहाय लाई जाडोमा न्यानो होस भन्ने उद्देश्य का साथ ७० जनालाई ज्याकेट अलहुदा पब्लिक स्कूलको हलमा वितरण गरिएको हो ।

sahani furniture udyog

दिन प्रतिदिन बढ्दै गएका जाड़ोंले गरिब, असहाय तथा एकल परिवार रहेका व्यक्तिहरु प्रभावित भएकाले सो ज्याकेट वितरण गरेको अप्सरा मिडिया प्रा. लि. का अध्यक्ष संचारकर्मी शहबाज खान ले बताउनुभयो । ज्याकेटबाट जाडोमा ती ब्यक्तिहरुलाई राहत पुग्ने खानले विश्वास ब्यक्त गर्नु भयो।

ज्याकेट पाउदा आफू हरू खुसी भएको तथा यस्ता गरिब र असहाय लाई सहयोग गर्ने व्यक्ति थोरै मात्र रहेकाले आयोजक लाई हार्दिक धन्यवाद दिएका थिए। सो ज्याकेट वितरण कार्यक्रममा मोहम्मद मुस्लिम, अमन खान, अनिसुर रहमान, कादिर खान, इन्जीनियर शइद अकतर, आमिर खान, अनेक पाण्डे, निरहु यादव, कमलेश चन्द गुप्ता लगायतको उपस्थित रहेको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.