
कमलेश चन्द्र गुप्ता , कपिलवस्तु
जिल्लाको महराजगंज नगरपालिका वडा न. ७ मा रहको प्रहरी चौकी कुशहवा बढ़नीको परिसरमा नव निर्मित दुर्गा भगवती मन्दिरको समुद्घाटन भएको छ।
आज कपिलवस्तु जिल्ला प्रहरी प्रमुख प्रेम बहादुर बस्नेतले हिन्दु बिधि बिधान अनुसार पूजापाठ गरी नव निर्मित दुर्गा मन्दिरको समुद्घाटन गर्नु भएको हो। सो मन्दिर प्रहरी चौकी कुशहवा बढ़नीको परिसर भित्रका प्रहरी कर्मचारी र स्थानीय दाताहरुको श्रमदानबाट निर्माण भएको थियो।

समुद्घाटन कार्यक्रममा इलाका प्रहरी कार्यलय कृष्णनगरका प्रमुख शैलेन्द्र पाण्डे , प्रहरी चौकी कुशहवा बढ़नीका प्रमुख दुर्गेश यादव, वडा न. ७ वडा अध्यक्ष रामरुप बढाइ , वडा नं. ९ का वडा अध्यक्ष फरीद अहमद मुसलमान , समजसेबी रामदास चौधरी लगायत स्थानीयहरुको सहभगिता थियो।
