
उत्तमकुमार थापा , बझाङ
खप्तड छान्ना गाउँपालीका वडा नम्बर ७ मा भएको स्वास्थ्य शिविरमा ११ सय जनाले सेवा लिएका छन ।
आज जिल्ला अस्पताल बझाङको आयोजना र खप्तड छान्ना गाउँपालिकाको सहयोगमा गाउघरमा चिकित्सक कार्यक्रम अन्तर्गत विशेषज्ञ स्वास्थ्य सिविर सञ्चालन भएको हाे । शिविर खप्तड छान्ना गाउँपालिकाको वडा नम्बर ७ गडरायकाे महेश्वारी माध्यामिक विद्यालयमा सञ्चालन भएको थियाे ।
दुर्गम बस्तीमा सञ्चालन गरिने शिविर छान्नाकाे सबैभन्दा दुर्गम मानिने गडरायमा सञ्चालन गरिएको हाे । सिविरमा ११ सय जनाले सेवा लिएका थिए भने जसमा २०० जनाको USG, ८० जनाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ (VIA), ७० जनाको दातको उपचार (Dental extraction), ७ जनाको अस्थायी परिवार नियोजन (Implant), ३ जनाको स्थायी बन्ध्याकरण (Vasectomy) गरिएको जिल्ला अस्पताल प्रमुख डाक्टर नवराज जाेशीले बताए ।

शिविरमा आएका बिरामिहरुको स्त्रीरोग , हाडजोर्नी ,सर्जरी र जनरल OPD मा उपचार प्रदान गरि निशुल्क औषधि वितरण गरिएको थियो । सिबिर संचालनको लागि जिल्ला अस्पताल बझाङ बाट पुगेको स्वास्थ्यकर्मीको समुहले नजिकै बाघको आक्रमण बाट घाइते भएका हुम्ला घर भएका एकजनाको प्राथमिक उपचार गरि थप उपचारको लागि जिल्ला अस्पतालमा ल्याइएको उहाँले बनाउनु भयाे । शिविर वडा नम्बर ७ का अध्यक्ष रमानन्द्र जाेशीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि खप्तड छान्ना गाउँपालीका उपाध्यक्ष बिष्णु कुमार थापा बिशिस्ट अतिथि जिल्ला अस्पताल बझाङका अध्यक्ष साेनु सिँह, डाक्टर नवराज जाेशी लगाएत सबै जनसमुदायको उपस्थिति रहेकाे थियाे । एक दिने शिविर आजै सम्पन्न भएको छ ।
