चौथो शुद्धोधन राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

0
Quantam abroad studies

प्रभुनाथ गुप्ता , कपिलवस्तु , फाल्गुन ९
चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियो‍गिता २०७९ आज सम्पन्न भएको छ। विभिन्न १७ खेलहरु सञ्चालन गरिएकोमा ९ गोल्ड सहित माध्यमिक विद्यालय ठूलो नन्दनगर प्रथम, पूर्ण केशर माध्यमिक विद्यालय बगदी ३ गोल्ड सहित द्वितीय र नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय औरहिया मुडफुटवा ३ गोल्ड सहित तृतीय स्थान हासिल गर्न सफल भएका छन्।

यस प्रतियोगितामा छनौट भएका खेलाडीहरू शुद्धोधन गाउँपालिकाको प्रतिनिधित्व गर्दै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनेछन्। विजेता खेलाडीहरूलाई गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी ,उपाध्यक्ष होम प्रकाश चौधरी , शिक्षा अधिकृत धनी प्रसाद शर्मा ,वडाअध्यक्ष मनोज कुमार यादव,वडाअध्यक्ष महिब्बुदिन मुसलमान ,वडाअध्यक्ष आशुतोष कुमार सिंह कार्यक्रममा खेल संयोजक लालचन्द्र पाण्डेयले प्रमाणपत्र र मेडल प्रदान गर्नुभएको थियो।

sahani furniture udyog

समापन कार्यक्रमको अध्यक्षता गर्नुभएका गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले सहभागी सम्पूर्ण विद्यालय तथा खेलाडीहरूलाई धन्यवाद दिँदै छनौट भएका खेलाडिहरूलाई जिल्लास्तरिय प्रतियोगिताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.