
उत्तमकुमार थापा ,बझाङ
जिल्लाकाे सत्यमावी ताेलीचाैरकाे ६२ औं बार्षिक उत्सव कार्यक्रमकाे उद्घघाटन भएको छ ।
सुदुरपश्चिम प्रदेशकाे बझाङ जिल्लामा रहेकाे सत्यमावी ताेलीचाैरकाे ६२ अाैँ बार्षिक उत्सवकाे उद्घाटन भएको हाे । बार्षिक उत्सव कार्यक्रममा विद्यालयले बर्षभरी गरेका गतिविधिहरुकाे विवरण प्रस्तुत गर्नु भएको थियाे भने बिद्यालयले गर्नु पर्ने आगामी दिनका कार्यसम्वन्धि जानकारी गराउनु भएको हाे ।
सत्यमावी ताेलीचाैरकाे बार्षिक उत्सव कार्यक्रममा बिब्यस अध्यक्ष रमेश बाेहराकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका सभामुख भिमबहादुर भण्डारी रहनुभएकाे सभामुख स्वकीय सचिव प्रमानन्द चिमाडी हलचलले बताउनु भयाे । गृह जिल्लामा निर्वाचन भए पछि पहिलाे पटक मतदाता भेटघाटकाे क्रममा बझाङ पुगेका सभामुख भण्डारीले विभिन्न कार्यक्रमहरुकाे उद्घघाटन गर्दै छन ।


निर्वाचन २०७९ सम्पन्न भए पछि निर्वाचित सभामुख भण्डारी बिकास गर्न हातेमालो गर्नु पर्छ भन्दै,पहिलोपटक गृह जिल्ला बझाङमा मतदाता भेटघाट कार्यक्रममा खटिरहेका छन । उनले बिकास लाई तिव्रता दिन,जिल्लाका मतदाता सँग भेटघाट गर्दै सल्लाह सुझाव सँकलन गर्दै छन । जिल्लाकाे बिकास समृद्धि लाई अगाडि बढाउन सबै जनसमुदायको हातेमालो हुनुपर्ने भन्दै,जिल्लामा पुगे सँगै देउरा देखि कफलसेरी सम्म मतदातालाई भेटघाट गर्नुभएको र भाेली सदरमुकाम चैनपुरमा पुग्ने स्वकीय सचिव प्रमानन्द्र चिमाडीले बताए ।
