
शत्रुघन खरविन्द , कपिलवस्तु , फागुन १०
कपिलवस्तुको मायादेवी र यशोधरा गाउँपालिकामा एक दिने नि–सुल्क मानसिक स्वास्थ्य शिविर आज सम्पन्न भएको छ ।
मायदेवी गाउँपालिका वडा नम्बर १ पकडी स्वास्थ्य चौकी र यशोधरा गाउँपालिकाको वडा नम्बर ४ श्री जनसेवा आधारभूत विद्यालय अमलोनहामा मानसिक स्वास्थ्य सम्बन्धी नि–सुल्क शिविर सम्पन्न भएको हो ।
यु.एम.एन.एम.डि.टि ,दलित सामजिक विकास केन्द्र र यशोधरा गाउँपालिका कार्यालय बैदौलीको समन्वयमा मानसिक समस्या भएका व्यक्तिहरुको उपचारका लागि भरतपुर अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डा. रिचा सिंह र मेडिकल अधकृत सरोज पाण्डेय द्धारा अमलोनहामा आम नगरिकहरुलाई सेवा प्रदान गरिइएको थियो ।शिविरमा यशोधरा गाउँपालिका वडा नम्बर ४ अमलोनहा स्वास्थ्य चौकीका कार्मचारीहरुको सहभाति रहेको थियो ।

त्यसैगरी यु.एम.एन.एम.डि.टि,दलित सामजिक विकास केन्द्र र मायादेवी गाउँपालिका कार्यालय पकडीको समन्वयमा मानसिक समस्या भएका व्यक्तिहरुको उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पतालमा नवलपासीमा कार्यरत मानसिक रोग विशेषज्ञ डा. गीता सुबेदी द्धारा पकडी स्वास्थ्य चौकीमा सेवा प्रदान गरिएको दलित सामजिक विकास केन्द्र र यु. एम.एन.द्धारा संचालित एम.डि.टि परियोजन सयोजक निर्माल सिंहले जनकारी दिनु भएको छ । शिविरमा मायादेवी गाउँपालिका वडा नम्बर १ पकडी स्वास्थ्य चौकीका कार्मचारीहरुको सहभाति रहेको थियो ।

खाना खाने मन नलाग्ने , एकोहोरो टोलाइरहने , राति निद्रा नलाग्ने , आत्महत्या गर्ने सोच आउने , कुनै कुरामा खुशी वा रमाउन नसक्ने , काममा जागर नलाग्ने , एकान्तमा एक्लै टोलाइरहने , बारम्बार रुने , थकाई वढी लाग्ने , शरिरमा जागर नभए जस्तो हुने लगायत लक्षण व्यक्तिमा देखिएम मानसिक रोग रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा नवलपासीमा कार्यरत मानसिक रोग विशेषज्ञ डा.गीता सुबेदीले बताउनु थियो ।
स्वास्थ्य शिविरबाट मायादेवी र यशोधरामा पालिका लागभाग १ हजार भन्दा धैरै लाई सेवा प्रदान गर्नु सथै औषधी प्रदान गरिएको परियोजन सयोजक निर्माल सिंहले जनकारी दिनु भएको छ । मायादेवी र यशोधरा गाउँपालिका सबै वडामा मानसिक स्वास्थय सम्मबन्धी परियोजन संचालित रहेको दलित समाजिका विकास केन्द्रका अध्यक्ष सन्जय कुमार कोरीले जनकारी दिनु भएको थियो । स्वास्थ्य शिविरबाट मानसिक रोगको उपचार पनि सम्भव छ भन्ने उद्देश्यले अयोजन गरिएको अध्यक्ष कोरीले जनकारी दिनुभयो ।
कपिलवस्तु जिल्लामा आखाँ, छाला शिविर लगायत अन्य धेरै शिविर संचालन हुन्छन तर नि–सुल्क मानसिक स्वास्थ्य शिविर जिल्लामै पहिलो पटाक संचालन भएको संस्थाका कार्यकारी निर्देशक राम सरण रैदासले बताउनु भएको थियो ।
