तम्घास । गुल्मी स्थित रेसुङ्गा विमानस्थलमा अब देखि नेपाल वायुसेवा निगमले हप्ताको २ दिन मंगलवार र शुक्रवार उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाइ रेसुङ्गा विमानस्थलबाट उडानकाे अनुमति दिएको हो । काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान हुने र रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने समय तालिका रहेको छ । काठमाडौंबाट रेसुङ्गा विमानस्थल सम्मको दुरी ५० मिनेटको रहेको छ । रेसुङ्गा विमानस्थलबाट काठमाडौं सम्मको शुल्क प्रतिव्यक्ति ६ हजार रुपैयाँ लाग्नेछ ।