कृष्णनगरमा नागरिक आरोग्य कार्यक्रम

0
Quantam abroad studies

प्रतिमा विश्वकर्मा, बैशाख २९
नागरिक आरोग्य कार्यक्रम आज कृष्णनगर नगरपालिकाको हलमा संपन्न भएको छ । कृष्णनगर नगरपालिकाको उप प्रमुख आरती देबी चौधरीको अध्यक्षतामा नागरिक आरोग्य सेवा समिति तथा पदाधिकारीहरुको सहभागीतामा १ दिने नागरिक आरोग्य कार्यक्रम सम्पन्न गरिएको हो ।

दैनिक योग गर्ने , कुन कुन खानेकुराहरु कसरी खाने , प्लास्टिक बोतलमा पानी नखाने जस्ता बिभिन्न विषय-वस्तुहरुको बारेमा कपिलवस्तु आयुर्वेद स्वास्थ्य केंद्रका आयुर्वेद चिकित्सक डॉ. आशीष कुमार चौधरी र नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरका कबिराज डॉ. नागेश कुमार मिश्रले जानकारी गराउनु भएको थियो । सो कार्यक्रमको संचालन कपिलवस्तु आयुर्वेद स्वास्थ्य केंद्र तौलिहवाका बरिष्ट कबिराज निरीक्षक हरिलालले गर्नुभएको थियो ।

सो कार्यक्रममा कृष्णनगर नगरपालिकाको उप प्रमुखको सल्लाकार भारत किशोर चौधरी , शिवराज अस्पताल बहादुरगंज का मे.अ. डॉ. मुकेश चौधरी, कृष्णनगर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराई , शिक्षा शाखा प्रमुख बलराम पंथी , प्रशासन शाखा प्रमुख राजेश मिश्र , कृषि शाखा प्रमुख सुदीप मौर्य , महिला शाखा प्रमुख थुमा उपाध्याय, नागरिक आरोग्य समिति कृष्णनगरका सदस्य अरबिंद सिंह लगायतको उपस्थिति रहेको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.