लेखापढी कानुन व्यवसायी एशोसिएसन तौलिहवाको अध्यक्ष , उपाध्यक्ष र कोषध्याक्ष पद निर्वाचन हुने बाकी पद निर्विरोध

वैशाख ३०, कपिलवस्तु ,
नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन कपिलवस्तु तौलिहवामा आज नयाँ समिति चयन भएको छ ।
अध्यक्ष , उपाध्यक्ष र कोषध्याक्ष पद बहेका अरु सबै पदमा निर्विरोध समिति गठान भएको हो । १३ सदस्या रहने समितिमा सचिव राजेश प्रसाद गुप्ता , सह–सचिवमा सुनिल कुमार यादव सह–कोषाध्यक्ष पशुपति गुप्ता निर्विरोध चयन हुनुभएका छ ।

त्यस्तै सदस्यहरुमा रामवृस कोहार , रविन्द्र यादव , केशव खनाल , हरीराम पासवान , छविलाल पुरी , साबित्रा शार्मा र सवनम चौहान निर्विरोध चयन हुन भएको सचिव राजेश गुप्ताले जनकारी दिनु भएको छ । अध्यक्ष , उपाध्यक्ष र कोषध्याक्ष पदका लागि यहि जेष्ठ ६ का दिन निर्वाचन हुने सचिव गुप्ताले जनकारी दिनु भएको छ ।

