कपिलवस्तु नगरपालिकाका सामुदायिक बिद्यालयमा निःशुल्क शिक्षा लागु

0
Quantam abroad studies

हरिश चन्द्र खनाल
तौलिहवा , जेठ १
कपिलवस्तु नगरपालिकाले नगरभित्र रहेका सामुदायिक बिदालयमा निःशुल्क शिक्षा लागु गरेको छ ।

चालु आर्थिक बर्ष २०७९÷०८० देखि नै नगरपालिकाले नगरमा रहेको ५२ सामुदायिक बिद्यालयमा निःशुल्क शिक्षा लागु गरेको हो । चालु आर्थिक बर्ष भित्र नगरले नीति तथा कार्यक्रममा पारित गरी बजेट समेट छुट्टाएर निःशुल्क शिक्षा लागु गरेको हो । नगर पालिकाका मेयर सुदीप पौडेलले चालु आर्थिक बर्ष भित्र नै नगरका सामुदायिक बिद्यालयमा निःशुल्क शिक्षा लागु गरिएको बताए ।

sahani furniture udyog

पालिकामा यो कार्यक्रम लागु भएसंगै नगर भित्रका कुनै पनि सामुदायिक बिद्यालयले कुनै पनि बाहानामा शुल्क लिन नपाउने मेयर पौडेलले बताए । यो कार्यक्रम लागु गर्न सामुदायिक बिद्यालयलाई ८२ लाख ५० हजार अनुदान समेत दिइएको छ । यस अघि शिवराज नगरपालिकाले समेत नि: शुल्क शिक्षा लागु गरेको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.