

कमलेश चन्द्र गुप्त ,१ जेठ ।
कपिलवस्तुमा मौका छोपेर तस्करहरु सामान ओसारपसार गर्नेप्रयास गर्छन् भने प्रहरीले पनि उनीहरूलाई निगरानी गर्दै समात्ने निरुत्साहित गर्ने गरेको छ । यसै क्रममा सशस्त्र प्रहरीले कपिलबस्तु जिल्लाको महाराजगन्ज ७ स्थित कोटिया नाकाबाट भित्र्याउने आज करिब १ लाख ५३ हजार रुपैयाँ बराबरको चोरीपैठारीका विभिन्न सामान बरामद गरेको जानकारी दिएको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको टायल, मेट्रिस र फेन्सी तथा कस्मेटिक सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलबस्तुले बरामद गरेको हो ।
यसैगरी सोही जिल्लाको यशोधरा गाउँपालिका ७ स्थित मर्यादपुरबाट जेठ १ गते सशस्त्र प्रहरीले करिव ४४ हजार रुपैयाँ बराबरको मोटरपार्टस बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको मोटर पार्टस सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलबस्तुले बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारबाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

