राप्रपा नेता रजौरियाले उखु किसानको आन्दोलनमा जनाए एक्यवद्धता आवस्यक सहयोग गर्ने

0
Quantam abroad studies

शहबाज खान, कपिलवस्तु
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य प्रकाश रजौरियाले आन्दोरलनरत उखु किसानलाई मेडिकल चेकअपको साथै खाना नास्ताको व्यवस्थासमेत गरेका छन् ।

उखु किसानहरुले किसानहरू सरकारले दिनुपर्ने रकम नपाएपछि काठमाडौँको माइतीघर मण्डलामा बसेर आन्दोलन जारी राखेका छन् । धर्नामा बसेका उखु किसानहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै रजौरियाले मेडिकल चेकअपको व्यवस्था गराएका हुन् । कपिलवस्तु क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा उम्मेदारी दिएका रजौरियाले आफ्ना नागरिकहरुको समस्यामा साथ र सहयोग गर्न काठमाडौँ पुगेका हुन् । कपिलवस्तुका उखु किसानहरू सरकारले दिनुपर्ने रकम माग गर्न काठमाडौँ पुगेका किसानहरुको आन्दोलनमा रजौरियाले एक्यबद्धतासमेत जनाएका छन् ।

३० जना अगुवा उखु कृषकहरूले सरकारले तोकेको रकम नपाउँदा काठमाडौँमै धर्ना बसेका छन् । कपिलवस्तुका उखु किसानहरु आन्दोलन जारी राख्न मङ्गलबार माइतीघर काठकाडौँ पुगेका हुन् । आर्थिक वर्ष २०७१।०७२ मा प्रति क्विन्टल नेपाल सरकारले दिने निर्णय गरेको रकम पनि अहिलेसम्म नदिएको भन्दै उक्त रकम पटक पटक माग गरिएको छ ।

सरकारले दिने दुई करोड ५० लाख अनुदान रकम कपिलवस्तुका उखु किसानले नपाएको गुनासो गरेका छन् । सरकारले प्रतिक्विन्टल उखुको मूल्य ४६१ रुपैयाँ दिने घोषणा गरे पनि कपिलवस्तुमा मिल सञ्चालकले प्रतिक्विन्टल ४३६ रुपैयाँ मात्र दिएका थिए । बाँकी २५ रुपैयाँ सरकारले दिने सम्झौता भएको थियो । कपिलवस्तुका आठ हजार किसानले अनुदान रकम नपाएको बताएका छन् ।

पटक पटक सरकार र मिल सञ्चालकलाई अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको किसानले बताएका छन ्। शिवराज नगरपालिकामा रहेको महालक्ष्मी सुगर्स मिलका कारणले आफूहरूले पाउनुपर्ने रकम नपाएका किसानहरूको गुनासो छ । पटक पटक ज्ञापनपत्र बुझाउँदा समेत सुनुवाइ नभएकाले अहिले किसानहरू सहित टोली माइतीघर मण्डलामा धर्ना दिने गरी काठमाडौँ प्रस्थान गरेको कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरीले बताए । ८ वर्ष पूरा भए पनि किसानहरूले पाउनुपर्ने रकम नपाएका कृषकले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.