आईसीसी विश्वकप छनोट : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै, जित्नै पर्ने दबाबमा नेपाल

0
Quantam abroad studies


काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोटमा आज नेपालले आफ्नो निर्णायक खेल नेदरल्यान्ड्ससँग खेल्दैछ। तीन खेल खेलेको नेपाललाई शीर्ष तीनमा रहन जित्नै पर्ने दबाब छ।

नेपाल र नेदरल्यान्ड्सको खेल जिम्बाब्बेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुनेछ।

आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल र नेदरल्यान्ड्सबीचमा पहिलो पटक खेल हुन लागेको हो। एकदिवसीय अन्तराष्ट्रियमा भने नेपाल र नेदरल्यान्डबीच २ ओडिआई खेल भएको छ। २ मध्ये १ खेलमा नेपालले र अर्को खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो।

नेपाल र नेदरल्यान्ड्सबीचको पहिलो खेल नेदरल्यान्ड्स र नेपालको दुई एकदिवसीय खेलको सिरिजमा भएको थियो। पहिलो भेट २०१८ अगस्ट १ मा भएको थियो। यो भेट नेपालका लागि ऐतिहासिक रहेको थियो। यो खेल नै नेपाली क्रिकेटमा ओडिआई मान्यता प्राप्त पहिलो खेल रहेको थियो। तर, सो ऐतिहासिक खेल नेपालले गुमाएको थियो। सो खेल नेदरल्यान्ड्सले ५५ रनले जितेको थियो।

sahani furniture udyog

नेपाल र नेदरल्यान्ड्सबीच सोहि सिरिजको दोस्रो खेल २०१८ अगस्ट ३ मा भएको थियो। यस खेल नेपाललेमा १ रनको रोमान्चक जित निकालेको थियो।

यसघि बिहीबार भएको खेलमा नेपाल पूर्व विश्व विजेता वेस्टइण्डिजसँग १०१ रनको फराकिलो अन्तरले पराजित भयो। समान २–२ पटक टी–ट्वेन्टी र एक दिवसीय विश्वकप जितेको बलियो टोली वेस्टइण्डिजसँग नेपालको यो हार अपेक्षित नै हो। नेपाल घरेलु टोली जिम्माब्वेसँग ८ विकेटले पराजित हुँदा अमेरिकालाई ६ विकेटले हराएको थियो।

छनोटको समुह ए मा नेपाल ३ खेलमध्ये १ जित र २ हार सहित २ अंकका साथ चौंथो स्थानमा छ। १ खेल कम खेलेको नेदरल्याण्ड्सको पनि २ अंक छ। नेपाल र नेदरल्याण्ड्स दुवैले अमेरिकालाई हराउँदा जिम्बावेसँग हार व्यहोरेका थिए। यो समूहबाट अमेरिका १ खेलअघि नै बाहिरिसक्दा अब सुपर सिक्समा जाने १ स्थानका लागि नेपाल र नेदरल्याण्ड्सबीच नै प्रतिस्पर्धा छ।

नेदरल्याण्ड्सविरुद्ध विजयी भएको खण्डमा नेपालको सम्भावना बलियो बन्ने छ। तर अन्तिम खेलमा नेदरल्याण्ड्स वेस्टइण्डिजसँग हार्नु पर्ने हुन्छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.