कृष्णनगरमा २० जनालाई सिलाई कटाई मसीन वितरण।

0
Quantam abroad studies


कमलेश चन्द्र गुप्ता
११ असार बहादुरगन्ज ।
सीप सिकौ, उद्यम गरौ, आत्मनिर्भर बनौ’ भन्ने नारासहित तीन महिने सिलाई कटाई तालिम सम्पन्न भएको हो ।
कृष्णनगर नगरपालिकाको सहयोग र ग्रामीण स्वावलम्बन विकास केन्द्रको आयोजनामा तीन महिनासम्म संचालन भएको महिलाहरुको स्वरोजगारका लागि ३ महिने सिलाई कटाइ तालिम सम्पन्न गरी आज समापन गरिएको छ । वार्ड नम्बर ७,८,९ का गरि जम्मा २० जना सहभागीलाई सो तालीम प्रदान गरिएको हो। सहभागी २० जनालाई सिलाई कटाई मसीन बितरण गरिएको छ ।

समापन कार्यक्रममा कृष्णनगर नगरपालिकाका मेयर एवम समापन कार्यक्रमका प्रमुख अतिथि रजत प्रताप शाहले सिकेको सीपलाई ब्यवहारमा रुपान्तरण गर्न सहभागीहरुलाई आग्रह गरे । सबै महिलाहरु व्यावसायिमुखि र आत्मनिर्भर हुनुपर्ने नगर प्रमुख रजत प्रताप शाहले जोड दिनुभयो। साथै नगर प्रमुख रजत प्रताप शाह आउने बजेटमा एडभान्स लेबलको तालिम गराएर पुर्ण रोजगार योग्य बनाउने प्रतिबद्धता जनाउनु भएको थियो ।

नगरप्रमुख रजत प्रताप शाहको प्रमुख अतिथि रहेको सो समापन कार्यक्रममा वार्ड अध्यक्ष सतिश हरिजन , राजकिशोर यादव स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.