कृष्णनगर ट्राफिक प्रहरीको चेकजाँच , सर्बसाधारणलाई सास्ती

0
Quantam abroad studies

कृष्णनगर , भदौ ११
कृष्णनगर ट्राफिक प्रहरीले सवारी चालकलाई सास्ती दिएकाे गुनासो बढ्दै गएको छ । ट्राफिक प्रहरीले भारतीय मालवाहक गाडी चालकलाई अनावश्यक कमीकमजोरी देखाई दुख दिने गरेकाे भारतीय गाडी चालकहरुले बताउँछन् ।

सवारी दुर्घटनाको रोकथाम गर्न र दुर्घटनाबाट पीडित पक्षलाई क्षतिपूर्ति दिलाउन, सर्वसाधारण जनतालाई सरल एवं सुलभ ढंगबाट यातायात सुविधा उपलव्ध गराउन, यातायात सेवालाई सुदृढ, सक्षम तथा प्रभावकारी बनाउन ट्राफिक प्रहरीको अहम भुमिका हुने गरेको छ । त्यही सवारीकाे ऐन कार्यान्वयन गर्ने गराउने नाममा ट्राफिक कार्यालय कृष्णनगरकाे टोलीले आफै नियम उल्लंघन गर्ने गराउने गरेकाे पाइएकाे छ ।

कृष्णनगर-बहादुरगनञ्ज सडक खण्ड अन्तर्गत सुरही र घोरही खोलाका पुल नजिकै आसपास क्षेत्रमा दैनिक चेकजाँच गर्न छड्के खटिने गरे पनि व्यक्ति अनुसार व्यवहार फरक-फरक देखाउने गरेको देखिएकाे छ । भारतीय नम्बर प्लेटका मालवाहक गाडीको सन्दर्भमा गाडी प्रवेश गर्दा ट्राफिकले बनाएको बिटमा इन्ट्रीको नाममा गाडीको प्रतिनिधि भित्र प्रवेश गर्ने लामो दुरीका लागि यात्रा भए जरिवाना काट्ने गरेका छन् । कपिलवस्तु जिल्लाभित्र मात्र ३ सय रुपियाँ लिएर मात्र जाने दिने गरेको भारतीय मालवाहक गाड़ीका चालक बताउँछन्।

मालवाहक गाडी चालकका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे बिटमा गएपछि त्यहाँ पनि ५० रुपैयाँ र प्रतापगढ लगायत ठाउँबाट आउने नयाँ चलाकसँग १ सयदेखि २ सयसम्म पनि तिर्ने गरेका छन् । ट्राफिकले छड्के चेकिङ्गको बेला पनि जरिवाना नकटाउँदा २ सय रुपियाँमा काम चल्ने गरेको उनीहरुले बताउँछन् । मोटरसाइकल तथा नेपाली सार्वजनिक सवारीसाधनको सन्दर्भमा

भारतीय नम्बर प्लेटका साधनहरु भन्सार गराएर आएका पर्यटकलाई प्रवेश गर्दा केही जानकारी नगराउने र छड्के चेकिङ्गमा नम्बर प्लेट र इन्डिकेटर साइड ग्लास नियम संगत नभएको भन्दै १ हजार जरिवानाको काट्ने गरेका छन् । उनीहरुले रसिद नलिएमा २ सयदेखि ३ सयसम्म लिई छाेड्ने गरेकाे बताउँछन् । छड्के चेकिङमा ट्राफिक प्रहरीले सूचना बोर्ड समेत नराख्ने , पूर्ण पोसाकमा नहुने, आफै कानुन उलंघन गर्ने गरेकाे पाइएकाे छ ।

कृष्णनगर देखि चन्द्रौटा,बुटवल,दाग्ङ, तौलिहवाको लागि संचालनमा रहेका सर्वजनिक बसहरुबाट सम्बन्ध राखेका ब्रेक लाइट, इन्डिकेटर नभएको नम्बर प्लेट समेत नदेखिएको क्षमता भन्दा बढी सवारी बोकेर बस बिना अवरोध दैनिक चलाउन छुट दिने तर पहुँच नभएका, गाउँका निमुखा, किसान कहिलेकाहीँ रोडमा व्यक्तिको साधन भेटिएमा ब्लुबुक, लाइसेन्स नभएका चालकलाई चेकिङकाे नाममा सास्ती दिने गरेकाे माेटरसाइकल चालकले बताउँछन् ।
गाडीको अवस्था देखाएर १ हजार जरिवाना काट्न सुनाउने र मिलाएर गएमा २ सयदेखि ३ सय रुपियाँमा छोड्ने गरेको स्थानीयकाे गुनासो छ । ट्राफिक प्रहरीले अनावश्यक तरिकाले सधैँ जसो चेकिङ्ग लगाएर पैसा असुली गर्ने काम मात्र गर्ने गरेको भन्दै चोक चौराहामा चर्चापरिचर्चा समेत चल्न थालेकाे छ।

नेपाली नम्बर प्लेटका सवारी साधन प्रयोग गर्नेहरुलाई पनि ब्लु बुक नवीकरण नभएको लाईसेन्स नभएको, हेलमेट प्रयोग नगरेको र सीट क्षमता भन्दा बढी सवार भएको भेटाएमा जरिवाना तिराउने प्रावधान छ । तर जरिवाना रसिद नकाटी सरकारको राजस्व छली गर्दै २ सयदेखि ५ सयसम्म असुल्ने गरेका छन् ।

जिल्ला ट्राफिक कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षकले यस विषयमा अहिलेसम्म कुनै‌ किसिमकाे जानकारी नआएको बताएका छन् । उनले ट्राफिकले चुस्त दुरुस्त सेवा दिनको लागि खटेकाे बताउँदै उक्त विषयमा सम्बन्धित कार्यालयमा बुझेर आवश्यक कदम चाल्ने बताए ।

Leave A Reply

Your email address will not be published.