नेपाली क्रिकेट टिमको पहिलो एसिया कप खेलको पुर्बसन्ध्यामा दिप प्रज्वलन

0
Quantam abroad studies

तौलिहवा , भदौ १२
नेपाली क्रिकेट टिमले पहिलो पटक एसिया कप खेल्न थालेको पूर्वसन्ध्यामा तौलिहवामा दिप प्रज्वलन गरिएको छ । क्रिकेट संघ कपिलवस्तुको आयोजनामा कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलिहवाकाे जिल्ला प्रशासनको चोकमा क्रिकेट समर्थक तथा खेलकुद पदाधिकारी र जनप्रतिनिधीकाे उपस्थितीमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको हो । नेपालले भाेलि एसिया कपकाे पहिलाे खेलकाे रूपमा बलियाे टाेली पाकिस्तानकाे सामना गर्दै छ ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सुधाकर पाण्डेय नेपाली किक्रेट जगतमा आजको दिन ऐतिहासिक दिन भएको बताउदै खेलाडीहरुलाई विजय प्राप्तीको लागि शुभकामना दिनु भएको छ । उहाँले सरकार लगायतका सबै सरोकारवालाहरुले खेल क्षेत्रमा लगानी बढाउनु पर्नेमा समेत जोड दिनु भयो । सिमित श्रोत साधनका बावजुत नेपाली किक्रेट टोलीले टेष्ट मान्यता प्राप्त देशहरुसंग खेल्नु गौरव भएको बताउनु भयो । कपिलवस्तु क्रिकेट संघका अध्यक्ष प्रकाश गैरेले नेपाली टोली पहिलो पटक एसिया कप खेल्न लागेकाले शुभकामना एंव हौसालाको लागि दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

नेपालमा क्रिकेटको क्रेज बढ्दै जानुका साथ साथै खेलाडीहरुमा लगानी बढ्दै गईरहेको बताउदै किक्रटको भविष्य भएको बताउनु भयो । गैरेले भोली पाकिस्तानको मुल्तानमा हुने एसिया कप २०२३ को पहिलो खेलमा घरेलु टोली पाकिस्तान संगको खेलमा विजयको शुभकामना समेत दिनु भयो । कार्यक्रममा किक्रट संघ कपिलवस्तुका कोषाध्यक्ष एंव संघका लुम्बिनी प्रदेश सदस्य पदमराज श्रेष्ठले किक्रेट संघ र खेलाडीको मेहनतले आज नेपालले एसिया कपमा स्थान पक्का गरेको बताउनु भयो । उहाँले किक्रेटमा तिन तहकै सरकारले लगानी बढाउनु पर्ने र नेपाल आफै आयोजक बनेर अन्तराट्रिय खेलहरु आयोजना गर्नको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पूर्वाधारहरु निमार्ण गर्नु पर्ने बताउनु भयो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.