कृष्णनगर भन्सारबाट नियम बिपरित राती ११ बजे भारतबाट गाडी भित्रिनुमा कसको सेटिङ्ग ?

0
Quantam abroad studies

शहबाज खान, कपिलवस्तु
जिल्लाको कृष्णनगर भन्सार कार्यालयबाट अवैध तरिकाले यात्रुवाहक बस भित्रिने गरेको पाइएको छ । भन्सार कर्मचारीको मिलेमतोमा राति १० बजेपछि पनि सवारी साधन भित्रिने गरेको पाइएको हो । कृष्णनगर भन्सार कार्यालयमा भइरहेको अनियमितताको विषय लिएर विवादमा पर्दै आइरहेको भन्सार कार्यालयको थप नयाँ कान्ड फेला परेको छ ।

आइतबार यानि भदौ २४ गते राती भारतबाट आएको यात्री नेपाली यात्री वाहक ९५२० नम्बर लेखेको बस राती ११ बजे भन्सार कर्मचारीको मिलोमातोमा नेपाल भित्रिएको पाइएको छ । स्रोतका अनुसार बिना चेकजाच गरि उक्त बस नेपाल भित्रिएको थियो । भन्सार कार्यालयको नियामानुसार राती १० बजेसम्म मात्रै सवारी साधन आवतजावत गर्न पाइन्छ ।

राती १० बजेपछि भारतबाट आएको सवारी साधन पारी भारतमै बस्नु पर्ने वा नेपाल तिर रहेको भन्सार कार्यालयको प्राङ्गणमा पार्किंग गरि राख्नुपर्ने हुन्छ । भन्सार कार्यालय समयमा खुलेपछि मात्रै जान पाउने नियम रहेको छ । तर अधिकांश नेपाल–भारत चल्ने यात्रुवाहक बसहरु नियम विपरीत भन्सार कार्यालयका कर्मचारीहरुको मिलेमतोमा राती १० बजेपछि आएका सवारी पनि नेपाल भित्रिने गरेको स्रोतले जनाएको छ ।

भन्सार कार्यालय कृष्णनगरका प्रमुख गगन बहादुर बिश्वकर्माका अनुसार बिहान ६ बजेबाट राती १० बजेसम्म भन्सार गेट खुल्ने समय रहेको छ । भन्सार प्रमुखले नियम विपरीत यात्रुवाहक बस पठाएको आफुलाई थाहा नभएको बताएका उनले बताए । उनले नियम विपरीत बस भित्रिएको हो वा होइन भन्ने विषयमा बुझ्ने समेत बताए ।

यसैगरी भन्सार कार्यालयका कर्मचारीहरुकै मिलेमतोमा अनियमितता भइरहेको स्रोतको दावी छ । यसरी नियम बिपरित राती सेटिङमा सिङ्गो गाडी भित्रिन सक्छ भने सेटिङ्गमा नुन देखि सुन लगायत अबैध समाग्री वा अबैध ब्यक्ति भित्रीए कुनै नौलो कुरा हुने छैन । यो घटनाले अन्तर्राष्ट्रिय सिमानामा हाम्रो सयन्त्र कति संबेदनसिल छ भन्ने प्रष्ट हुन्छ ।

Leave A Reply

Your email address will not be published.