
शत्रुघन खरविन्द , कपिलवस्तु
सनशाईन सामाजिक विकास संस्थाको २५अाैँ वार्षिकोत्सबको पुर्व सन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर १० स्थित संस्थाको कार्यालय अाज चेतरदेईमा कार्यक्रम भएको थियो ।
रक्तदान कार्यक्रम बाट ५८ यूनिट रक्त संकलन भएको सनशाईन सामाजिक विकास संस्थाका सदस्य तथा रक्तदान कार्यक्रम सयोजक भगवानदास यादवले बताउनु भएको छ । एक थोपा शुद्ध रक्तको करण कसैको अक्लमै जीवन गुमाउन न परोस् भन्दै “रक्तदान जीवनदान भन्ने मुलनाराको साथ संस्थाको वार्षिकोत्सब को पुर्व सन्ध्यामा विगत देखि नै रक्तदान कार्यक्रम गर्दै आइरहेको सनसाईन सामाजिक विकास संस्थका अध्यक्ष शिवलाल यादवले बताउनु भएको छ। रक्तदान कार्यक्रम आएर आफ्नो अमुल्य रक्तदान गरेर सहयोग गर्नु हुने सम्पुर्ण रक्तदातहरुलाई संस्थाका कार्यकारी निर्देश सम्भु प्रसाद हरिजन धन्यबाद व्यक्त गर्नु भएको छ ।


कार्यक्रम बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ लगायतको सहभगित रहेको थियो। कार्यक्रम नेपाल रेडक्रस सोसाईटी तौलिहवा शाखाको प्राबिधिक सहयोगमा भएको थियो ।
