महेन्द्र मावि कृष्णनगरकाे अध्यक्षमा सञ्जय गुप्ता चयन

0
Quantam abroad studies

शहबाज खान , कपिलवस्तु
कपिलवस्तुको‌ कृष्णनगर‌‌ नगरपालिका वडा नम्बर – २/३ मा अवस्थित महेन्द्र माध्यमिक विद्यालय कृष्णनगरको व्यवस्थापन समितिकाे अध्यक्षमा सञ्जय कुमार गुप्ता चयन भएका छन् । बिहीबार भएको भेलाले सर्वसम्मत रुपमा अध्यक्ष पदमा गुप्तालाई चयन गरिएकाे हाे । गुप्ता कृष्णनगर नगरपालिका २ का पुर्व वडा अध्यक्ष पनि हुन् ।

विद्यालय ‌व्यवस्थापन समितिकाे सदस्यमा महादेव लोहार, साजिद मुसलमान, खुशबु कोरी, सोनी कश्यप, सुखना यादव चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष पदमा गुप्तालाई निर्विरोध चयन गरिएकाे ३ नम्बरका वडा अध्यक्ष सागीर अहमद खाँले जानकारी दिए ।

नवगठित विद्यालय अध्यक्ष गुप्ताले विद्यालयलाई व्यवस्थित बनाउने बताएका छन् । उनले शिक्षाको गुणस्तरमा थप सुधार गरि अगाडी बढ्ने प्रतिबद्धता समेत जनाए । नमुना विद्यालय बनाउनका लागि अहाेरात्र खटेर सम्बन्धित निकायमा पहल गर्ने उनकाे भनाई छ । गुप्ताले अब थप जिम्मेवारी पाएकाेले आफ्नो कार्यकालमा विद्यालयको चौतर्फी विकासको लागि खटि जिम्मेवारी निर्वाह गर्ने बताए ।

भेलामा कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह, वडा अध्यक्ष सगीर अहमद खाँ, कैफ खाँ, कर्मचारी, शिक्षाप्रेमी, समाजसेवी लगायतकाे उपस्थिति थियाे ।

Leave A Reply

Your email address will not be published.