एस एम न्युज तौलिहवा , भदौ ३०
जिल्लाको सदरमुकाम तौलिहवाबाट १० किमि दक्षिणमा नेपाल भारत सिमानामा रहेको मर्यादपुर क्षेत्रमा तस्करी मौलाएको छ । मर्यादापुरमा रहेको नेपाल प्रहरीको कार्यालयको ३-४ सय मिटर पश्चिम गाउँ पछाडीबाट खुल्लेयाम तस्करी मौलाएको छ ।
त्यहाँ दश गजा नजिकै रहेको आपको बगैंचामा तस्करको समुहमा आएर रोकिने र नजिकै प्रयोग बिहिन रहेको कुलोबाट पालैपालो तस्कर सामान सहित मुख्यबाटोमा आइ आफ्नो गन्तब्य तर्फ लाग्ने गर्छन् । त्यहाँबाट बिशेष गरि चामल , चिनि , कपडा , हार्डबेयरमा बेचिने साना समानहरु , किराना समानहरु लगायत अन्य दर्जनौं किसिमका बस्तुको तस्करी हुने गरेको छ ।
साइकलमा चामल ल्याइ क्यारिङ गर्नेहरु सिधा मर्यादपुर बजार आउछन् । बजार आइसकेपछि प्रहरी चौकीको नजिकैको गल्ला भन्डारमा बेचि पुन सिमापार चामल लिन जाने गरेको देखिएको छ । यस्तै चिनि लगायत अन्य समाग्री सिमा क्षेत्रका गाउँमाहरुमै रहेको तस्करका गोदाममा थनकाइ समयानुकूल तौलिहवा , जितपुर , गोरुसिङ्गे लगायत बजारमा पुग्ने गरेको छ ।
स्थानीय कोपवा गाउँसम्म पुगेको बाणगंगा सिचाइ परियोजनाको मुख्य नहर संगै रहेको बाटो तस्करको मुख्य रोजाइमा रहेको छ । स्थानीय गोदाममा थन्किएको सामान बिहान १० बजे अघि र साझ ४ बजे पछि बाइकमा खुल्ला रुपमा लोड गरि विभिन्न बजारका ब्यापारी कहाँ पुग्ने गरेको छ ।
यसरी खुल्लेयाम तस्करी हुनु सम्पुर्ण सुरक्षा सयन्त्र माथी प्रश्न चिन्ह खडा गर्छ । तस्करीले सरकारले पाउने राजस्व गुम्ने त छदैछ तर यसले सिङ्गो औद्योगिक क्षेत्रमा प्रभाव पार्छ । तस्करीले गर्दा साना तथा मझौला उधोगलाइ सबैभन्दा बढी घाटा लाग्ने गरेको छ । तस्करी कै कारण धेरै बालबालिकाको भबिस्य समेत बर्बाद हुने गरेको छ । सिमा क्षेत्रका केहि बालबालिकाले पढ्न भन्दा सिमा पारिबाट सस्तोमा समान ल्याइ वारि बेचि फाइदा लिन पल्केको समेत पाइएको छ ।
यस्तै भारतबाट अबैध रुपमा समान भित्रीदा प्रत्यक्ष प्रभाव परेका केहि साना तथा मझौला उधोगि ब्यवसायी संग प्रतिक्रिया लिदा कवनपा-६ का शिवशक्ति पेपर प्लेट उधोगका संचालक सुग्रिम बरइले आफुले पेपर प्लेट उधोग संचालनमा ल्याएको तर भारतिय दुइ नम्बरी पेपर प्लेट र ग्लास सस्तो दरमा पाउदा ब्यापारीहरु आफ्नो उत्पादन लिनै मानेनन् भन्ने गुनासो गर्नुभयो । उहाँले माल नबिके पछि अन्ततः आफुले उधोग बन्द गरेको संचालक बरइले बताए ।
यस्तै फर्निचर एन्ड फेसन बिट उधोगका संचालक कपिलवस्तु नगरपालिका-३ निवासी लालदेव मल्लाहले बिगतमा काठको मोड्युलर लिस्ट्टि पट्टि उत्पदन गरि जिल्लाका विभिन्न पसलमा सप्लाइ गर्ने गरेको बताए । अहिले भने सिमा पारीबाट अबैध रुपमा बिट भित्रीएपछि आफ्नो माल नबिक्दा बिटको काम पुर्ण रुपले ठप्प पारेको र बिट उधोग बन्द गरि फर्निचरमात्र चलाउने गरेको बताउनुभयो ।
सिमानामा नेपाल प्रहरी , सशस्त्र प्रहरी बल लगायत घुमुवाहरु निगरानी गरिरहदा समेत तस्कर तस्करी गरि रहेका छन् । स्रोत अनुसार तस्करीका ९०% सामान ठुला नाम चलकै ब्यापारीको हुने गरेको छ ।