अन्तर्राष्ट्रिय स्तरमा मन्दी रहेको हुँदा नेपालमा समेत मन्दी देखिएको छ – पुर्ब मन्त्री बलदेव

0
Quantam abroad studies

कपिलवस्तु , कार्तिक १२
“जनतासंग माओवादी विशेष रुपान्तरण अभियान ” अंतरगत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कपिलवस्तुद्वारा नेपालीहरुका साँस्कृतिक पर्व बडा दशैं, दिपावली , छठ , नेपाल सम्वत लगायतको शुभ अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ ।

उक्त कार्यक्रममा बोल्दै पुर्ब कृषि मन्त्री चक्रपणि खनाल `बलदेव´ ले हाल अन्तर्राष्ट्रिय स्तरमा मन्दी रहेको हुँदा नेपालमा समेत मन्दी देखिएको बताएका छन् । उनले नेपालको आर्थिक अवस्था सुधारन कृषि , शिक्षामा विशेष जोड दिनु पर्ने र बिदेशबाट आएको रेमिटेन्सको उचित सदुपयोग गर्नु पर्ने धारणा समेत व्यक्त गरेका छन् ।

sahani furniture udyog

उक्त कार्यक्रममा पुर्ब युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज `अथक´ , नेकपा एमाले , जसपा , राप्रपा , रस्वपा लगायत पार्टीका नेता तथा प्रतिनिधि उपस्थित रहेका थिए । उक्त कार्यालय कपिलवस्तु नगरपालिकाको सभा हलमा नेकपा माओवादीका जिल्ला संयोजक बिस्णु बेलबासेको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रम संचालन नेकपा माओवादी जिल्ला सचीव हजरत अलिले गरेका थिए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.