युरोपको कमाइ कपिलवस्तुको सिमानामा थोरै लगानीमा मालामाल

0
Quantam abroad studies

एस एम न्युज तौलिहवा
देशमा बढदै गएको बेरोजगारी र वैदेशिक पलायन बिच कपिलवस्तुमा भने नयाँ रोजगार सिर्जना भएको छ । अहिले कपिलवस्तुको सिमानामा सो रोजगार फस्टाउदो अवस्थामा रहेको छ ।

उक्त रोजगार कानुनी रुपमा मान्यता नपाए पनि कानुनको रखवालाबाट मान्यता पाए सरह छ । नेपाली साना उधोगलाइ धारासायी बनाउने यो रोजगारलाइ समान्य रुपमा क्यारिङ्ग भन्ने गरिन्छ । क्यारिङ्ग अथात समानको तस्करी गर्नु हो। कपिलवस्तुको मर्यादपुर , कृष्णनगर , हर्दौना , भिल्मि , चाकरचौडा जस्ता नाकाबाट दिन्हु लाखौंको समान मोटरसाइकलबाट तस्करी गरि विभिन्न गोदाममा पुर्याइन्छ ।

निकै प्रयास पछि पहिचान नखुल्ने सर्तमा कपिलवस्तु नगरपालिका निवासी २६-२७ वार्षिय एक युवाले आफु slc समेत पास नभएको तर क्यारिङ्गको काम गर्न थाले देखिन आफुले दिनको २ देखी ६ हजार सम्म समेत कमाउने गरेको बताउँछन् । उनलाई कानुनी रुपले क्यारिङ्ग गलत रहेको हुँदा नेपाल प्रहरी , सशस्त्र प्रहरी र भन्सार संग डर लगादैन भनेर सोध्दा ति युवाले कानुन बिपरित कार्य गरेपछि डर लाग्नु स्वभाविक रहेको बताए ।

धेरै सोध खोज गर्दा उनले क्यारिङ्ग बारे थप कुरा खोल्दै उनले विभिन्न ठाउँमा मासिक पैसा बुझाउने गरेको समेत बताए । उक्त पैसा कुन निकाय ? वा कुन ब्यक्ति बिशेषलाइ बुझाउने गरेको र किन बुझाउने गरेको भन्ने प्रश्न गर्दा उनले केहि बोलेन्न ।

स्रोत संग बुझ्दै जादा नेपाल भारत सिमामा चिनि , पेन्ट , कपडा , ड्राइ फ्रुट जस्ता समाग्रीको क्यारिङ्ग गर्न सके राम्रो आम्दानी हुने बताउँछन् । अहिले तस्करी र क्यारिङ्गको मामलामा कपिलवस्तुको मर्यादपुर निकै चर्चित बन्दै गएको छ । मर्यादपिर क्षेत्रमामात्र दर्जनौं युवा क्यारिङ्ग पेशामा आबद्ध भइ राम्रो आम्दानी गर्ने गरेको र उनीहरुको आर्थिक अवस्था सुधार भएको स्रोतको दाबी छ । अहिले धेरै युवाहरू खुल्ला सिमानालाइ राम्रो आम्दानीको स्रोतको रुपमा हेर्ने गरेका छन् ।

बिस्तारै नेपालको तराई मधेसका कलकारखाना बन्द हुँदै गएको छ । जसमा क्यारिङ्ग र तस्करीले ठुलो भुमिका खेलेको छ । तर तस्करी रोक्ने सम्बन्धित निकयको कति चासो छ छर्लङ्ग देखिन्छ । नेपाल प्रहरी , सशस्त्र प्रहरी , घुमुवा टोलि र भन्सार कार्यालय लगायत निकाय हुँदाहुँदै समेत सिमानामा तस्करी रोक्न फेल रहेको छ ।

Leave A Reply

Your email address will not be published.