पथप्रदर्शकको ब्यक्तिगत प्रयासमा तिलौराकोट दरबार क्षेत्रको पर्यटकलाइ व्हिल्चेयर

0
Quantam abroad studies

एस एम न्युज तौलिहवा
कपिलवस्तु नगरपालिका वडा नं. ३ मा अवस्थित तिलौराकोट दरबार क्षेत्र अन्तर्राष्ट्रिय महत्वको पुरातात्त्विक र धार्मिक स्थल रहेको छ । त्यहाँ दिन्हु सयौंको संख्यामा आन्तरिक र बिदेशी पर्यटक आउने गरेका छन् ।

त्यहाँ आउने पर्यटक मध्ये बिदेशी बौद्ध धर्मावलम्बीहरुको संख्या राम्रो रहेको छ । जसमा अधिकान्स पर्यटक बुद्ध क्रिडा स्थल तिलौराकोट हेर्न र प्राथना गर्न धार्मिक यात्राको रुपमा आउने गरेका छन् । त्यहाँ आउने पर्यटक मध्ये वृद्ध वृद्धाको संख्या पनि उल्लेखनीय छ । त्यहाँ आउने पर्यटक मध्ये वृद्ध , शारीरिक रुपमा कमजोर वा आपङ्ग पर्यटकलाइ तिलौराकोट दरबार क्षेत्र घुम्न गाह्रो हुने गरेको थियो ।

उक्त समस्यालाइ तिलौराकोटमा रहेका लोकल टुर गाइड राजु प्रसाद गुप्ताले समाधान गर्न ब्यक्तिगत हिसाबले पहल शुरु गरेका थिए । उनको बिशेष पहलमा सिङ्गापुरका बौद्ध धर्माका गुरु मास्टल लिनले दुइवटा व्हिलचेयर सहयोग गरेका छन् । पथप्रदर्शक गुप्ताले उक्त दुइ व्हिलचेयर सहयोग प्राप्त गरि कोषका कर्मचारी संग समन्वय गरि हाल तिलौराकोटमा पर्यटकलाइ सेवा दिन शुरु गराएका छन् ।

sahani furniture udyog

तिलौराकोटमा आवस्यक सेवा सुबिधाको ध्यान लुम्बिनी बिकास कोषले दिनुपर्ने दायित्व हो । तर लुम्बिनी बिकास कोषले लुम्बिनीमा ठुला ठुला कार्यक्रमा पैसा खर्च गरेपनि समान्य व्हिल चेयर समेत उपलब्ध नगराउनु र भनेजस्तो तिलौराकोटलाइ ध्यान नदिनु दु:खद रहेको एक स्थानीयले बताए ।

यस्तै केहि दिन पहिला भने उक्त समस्यालाइ मध्यनजर गर्दै लुम्बिनी बिकास कोषका सदस्य गोपि कृष्ण शर्माले ब्यक्तिगत रुपमा आफ्नो फेसबुक वालमा दाता संग तिलौराकोटको लागी व्हिलचेयर सहयोग मगेका थिए भने लुम्बिनी बिकास कोषले समेत चाडै केहि व्हिलचेयर तिलौराकोटमा उपलब्ध गराउने सदस्य शर्माले बताए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.