
बिजय पौडेल , एस एम न्युज तौलिहवा
स्वाथ्य कार्यालय कपिलवस्तु र लेप्रोसि मिसन नेपालको आयोजनामा आज तौलिहवामा आयोजित कुष्ठरोग अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रममा कपिलवस्तुमा १३७ जना कुष्ठरोगी रहेको जानकारी दिएको थियो ।
जस अंतरगत कपिलवस्तुको महाराजगंज नगरपालिकामा २६ जना, शिवराज नगरपालिकामा २५ जना, विजयनगर गाउँपालिकामा २५, बुद्धभुमीमा २३, कृष्णनगरमा २१, बाणगंगामा २०, शुद्धोधनमा १५, कपिलवस्तुमा ११ यशोधरामा १ जना रहेका छन। मायादेवी गाउँपालिकामा भने कुष्ठरोग फेला परेको छैन ।


यसरि तथ्यांक हेर्दा सबैभन्दा धेरै संक्रमण महाराजगंजमा भेटिएको छ । महाराजगंजमा भेटिएका २६ कुष्ठ रोगिहरु मध्ये महिला ७ जना पुरुष १४ जना किटाणु धेरै भएका छन भने थोरै किटाणु भएका ३ महिला र २ पुरुष रहेको तथ्यांकमा उल्लेख छ। कपिवस्तु जिल्लाभर १४ वर्ष मुनिका संक्रमित बालबालिका १० जना रहेका छन। विश्व स्वास्थ्य संगठनले २०६६ माघ ५ गते नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गर्यो तर पनि मुलुकबाट अझै कुष्ठरोग निवारण हुन सकेको छैन।
कार्यक्रममा तथ्यांक प्रस्तुत जहदी स्वास्थ्य चौकीका प्रमुख सिदार्थ काजि बज्राचार्यले गर्नु भएको थियो थियो ।
