एकिकृत सरकारी कर्मचारी सँगठनद्धारा भुकम्प पिडितहरुलाई राहत बितरण

0
Quantam abroad studies

दोरेन्द्र खड्का ,बझाङ
एकिकृत सरकारी कर्मचारी सँगठनले भुकम्प पिडितहरुलाइ राहत बितरण गरेको छ । जिल्लाको थलारा गाउँपालिका वडा नं.९ का ३० परिवार भुकम्प पिडितहरुलाई एकिकृत सरकारी कर्मचारी सँगठनले राहत स्वरुप फाइबर सिरक बितरण गरेको हो ।

असोज १६ गते गएको भुकम्प बाट पिडित परीवारलाइ चिसोको समयमा राहत पुगोस भन्दै राहत बितरण गरिएको एकिकृत सरकारी कर्मचारी सँगठनका अध्यक्ष कपिल रावलले बताउनुभयो । संगठनमा आस्थावान सम्पुर्ण कार्मचारी हरु को सानाे सानाे सहयाेग संकलन गरि राहात बितरण गरिएकाे अध्यक्ष रावल ले बताउनु भयाे।

sahani furniture udyog

एकिकृत कर्मचारी सँगठनका अध्यक्ष कपिल रावलको अध्यक्षतामा भएको कार्यक्रममा एकिकृत कर्मचारी सँगठनका केन्द्रिय उपाध्यक्ष निर्पराज जोशी प्रमुख अतिथी रहनुभएको थियो । त्यस्तै कार्यक्रममा थलारा गाउपालिका वडा नम्बर ९ का वडा अध्यक्ष लोकेन्द्र बिष्ट,कर्मचारी सँगठनका केन्द्रिय सदस्य कर्ण खड्रका बिशिष्ट अतिथी रहनुभएको थियो । जिल्ला कमिटी सदस्य हिक्मत बहादुर खड्रका ,गणेश बिष्ट अतिथी रहनुभएको थियो । राहत स्वरुप फाइबर सिरक पाएपछि भुकम्प पिडितहरु खुसी भएका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.