बिभेदलाई अन्तगर्न किशोरी किशोरी बीच भलिबल प्रतियोगिता

0
Quantam abroad studies

एस एम न्युज तौलिहवा
कपिलवस्तुको दक्षिणी क्षेत्र जहाँ खेलकुदमा उत्तरको तुलनामा कमै चाँसो दिने गरिन्छ । चाहे त्यो बिद्यालय स्तरमा होस या समुदाय स्तरमा नै । त्यसमा पनि अभिभावक स्तर बाट बालिकाहरुलाई खेलकुद गर्नु हुदैन भन्ने मान्यता अहिले पनि छ ।

खेलकुदमा किशोर किशशोरी बीच भेदभाव अहिले पनि रही आएको छ । जबकी शारिरीक , मानसिक र संबेगात्मक बिकासको लागी पनि खेलकुद चाहिन्छ ।
हो यसै मान्यता र बिभेद लाई चिर्न र किशोरीहरुले पनि केही गर्न सक्छन भन्ने सन्देश दिनको लागी दलित सामाजिक बिकास केन्द्रले किशोरी किशोरी बीचको भालिबल प्रतियोगिताको आयोजना गरेको थियो । कपिलवस्तुको यशोधरा गाउँपालिका अन्तरगत रहेका ३ वटा सामुदायिक बिद्यालयका २२ जना किशोरीहरुले सो प्रतियोगितामा भाग लिएका थिए । भलिबल प्रतियोगितामा श्री बासुदेव जनता माध्यमिक बिद्यालय , श्री अनिरुद्ध पब्लिक माध्यमिक बिद्यालय र श्री जगरनाथ माध्यमिक बिद्यालय सहभागी रहेका थिए ।

श्री बासुदेव जनता माध्यमिक बिद्यालय रंगपुरमा भएको कार्यक्रम दलित सामाजिक बिकास केन्द्र द्धारा संचालित हाम्रो पहुँच परियोजना अन्तरगत भएको हो । प्रतियोगिता पैष ८ गते भएको हो । प्रतियागिता बासुदेव मा.बि. का प्रधानध्यापक अमित कुमार पाण्डेयको अध्यक्षता र यशोधरा गाउँपालिका सामाजिक बिकास समितीका संयोजक तथा वडा नं.१ का वडाध्यक्ष अब्दुल क्यूमको प्रमुख अतिथ्यतामा भएको हो । संस्थाले किशोरीहरलाई लच्क्षित गरी संचालन गरेको प्रतियोगिता बाट यशोधरा गाउँपालिकाका किशोरीहरुमा पढाई तथा खेल प्रतिको रुची बढाएको र किशोर किशोरीहरुमा हुने भेदभावको अन्तगर्न यस खेलले मद्त गर्ने कुरा कार्यक्रमका अध्यक्ष अमित कुमार पाण्डेयले बताउनु भएको छ । त्यसै गरी दलित सामाजिक बिकास केन्द्रका अध्यक्ष सुरजमती पासीले समुदाय र घर परिवारमा हुने बिभेद बिरुद्ध सबै किशोरीहरुको यो जीत हो भन्ने कुरा दर्शउनु भएको थियो ।

भएको भालिबल प्रतियोगितामा श्री बासुदेव जनता माबि. प्रथम , श्री अनिरुद्ध मा.बि. दुतिया र श्री जगरनाथ मा.बि. कोपवा तृतिय स्थान हाँसिल गरेको थियो । बिजयी प्रतियोगीहरुलाई संस्थाले प्रमाण पत्र र मेडल द्धारा सम्मानित गरेको थियो । कार्यक्रम को संचालन संस्थाका सामुदायिक सहजकर्ता दीपा मौर्या र निशा दुबे ले गर्नु भएको थियो भने अन्जान गुप्ताले स्वगत मन्तब्य साथै गुन्जेश्वरी गुप्ताले कार्यक्रमको औचित्य र उद्धेश्य माथी प्रकाश पर्नु भएको थियो ।

संस्थाले कपिलवस्तुका दक्षिणी क्षेत्रका महिलाहरुको क्षमता अभिबृद्धिको लागी र पुराना सोच तथा भ्रमलाई चिर्नको लागि यस्तो कार्यक्रमहरुको आयोजना गरिएको कुरा संस्थाका कार्यकारी निर्देशक राम शरन रैदालेले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.