बिजयनगर गाउँपालिकामा सरसफाइ अभियानलाइ निरंतरता मापदण्ड पुरा नगर्नेको सफाइ कार्ड फिर्ता

0
Quantam abroad studies

एस एम न्युज तौलिहवा
विजयनगर गाउँपालिका वडा नं. ७ ले सरसफाइ अभियानको निरंतरता दिदै दोस्रो चरणको अभियान शुरु गरेको छ । दोस्रो चरणको अभियानको पहिलो दिन अमौली ( पर्स्वोइया ) मा ५० घर धुरिमा अनुगमन गरिएको छ । सरसफाइको ९ वटा सुचक पूरा गर्ने परिवालाई सफाइ कार्ड बितरण भएको थियो ।

अनुगमनका क्रममा शौचालय बनाएर पनि प्रयोग नगरेका तथा सरसफाइ का ९ वटा सुचक पूरा नगर्ने १० वटा भन्दा बढि परिवारको सरसफाइ कार्ड फिर्ता समेत गरिएको छ । सरसफाइ कार्ड नभएका परिवारले कुनैपनी सेवासुबिधा वडा तथा गाउँपालिकाबाट प्राप्त नगर्ने वडा अध्यक्ष दिनेश चौधरिले बताउनु भयो ।

वडा नं. ७ का वडा अध्यक्ष दिनेश चौधरी , इलाका प्रहरी कार्यालय गणेशपुरका इन्सपेक्टर दिवाकर रिजाल , वडा सचिव खानेपानी तथा वास सम्योजक अर्जुन बेल्बासे तथा स्थानियको उपस्थितिमा अनुगमन गरिएको हो । बिजयनगर गाँउपालिकालाई पुर्ण सरसफाइ पालिका बनाउन हरेक परिवारमा बिजयनगर गाउँपालिकाले कार्ड प्रदान गर्ने गरेको छ ।

सरसफाइ, सौचालय निर्माण र प्रयोग ,नियमित खोप , नियमित स्वास्थ जाँच लगायत बिभिन्न सुचक तय गरि पालिकाले विजयनगर कार्ड प्रदान गर्ने गरेको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.