बिभेदकारीताले नै बिद्रोह जन्मउँछ : अध्यक्ष पौडेल

0
Quantam abroad studies

पार्वती आचार्य
कपिलवस्तु , पुस १७
विभेदकारीता बाटनै बिद्रोहको जन्म हुने उद्योग व्यापार संघ , कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले बताउनु भएको छ । स्थानियतह र बिभिन्न संघ संस्थाले उद्योग व्यापार संघ , कपिलवस्तुलाई हेर्ने दृष्टिकोण नै विभेदकारी भएको संघका अध्यक्ष पौडेलले आफ्नो एक बर्षे कार्यकालमा सम्पन्न गरिएका कार्यक्रमहरुको समिक्षामा सो कुरा बताउनु भएको हो । समिक्षा कार्यक्रममा २०७९ माघ १० गते सम्पन्न संघको अधिवेशनबाट जिम्मेवारी पाए लगत्तै बिभिन्न दिवसहरुको अवसरमा संघको आयोजनामा भन्सार दिवस , अपांगता दिवसको अवसरमा संघले गरेको प्रतिवद्धता अनुसार अपांग भएका व्यक्तिहरुलाई कम्तीमा दश जनालाई रोजगारीको ग्यारेन्टी लिएकोमा सो कार्य पुरा गरिएको संघका अध्यक्ष पौडेल (कोपिल) ले बताउनु भयो ।

यसैगरी रक्तदान कार्यक्रमहरु संचालन , १२ पेजको भित्तेपात्रो बिमोचन , वृक्षारोपण , उद्योग व्यवसायीहरुको करको सहजीकरण , कर सप्ताह अन्तरगत कर प्रशिक्षण कार्यक्रम लगाएत थुप्रै कार्यहरु संघले सम्पन्न गरिएको विवरण अध्यक्ष पौडेलले सार्वजनिक गर्नु भएको भयो । देशका ५ वटा व्यवसायीक संस्थाहरु भन्दा धेरै कसैले पनि आन्तरिक राजश्व कार्यालय , भन्सार कार्यालय र अर्थ मन्त्रालयमा राजश्वको दरको सम्बन्धमा , करको नीतीहरुको सम्बन्धमा अहिले सम्म कसैले पनि सुझाव नपठाएको अध्यक्ष पौडेलले दावि गर्नुभयो । उद्योग व्यापार संघ , कपिलवस्तु स्थापना भएको पहिलो वर्षमा ४ वटा सुझाव पठाउन सफल भएको पौडेलको भनाई छ ।

उद्योग व्यापार महासंघको पहलमा केहि परिमार्जन भएको बताउँदै उद्योग व्यवसायीहरुलाई राहात प्रदान गर्न सफल भएको बताउँदै व्यवसायीहरुका समस्याहरुलाई समाधान गर्न र व्यवसायीहरुका उद्देश्यहरुलाइ कसरी स्थायीत्व गर्न सकिन्छ भन्ने उद्देश्यका साथ लागि परेको संघले बिभिन्न आक्षेपहरु पार गर्दै छोटो समयमा नै सफलता हासिल गरेको संघका अध्यक्ष पौडेलले बताउनु भयो । संस्था स्थापना भए पछि संस्थाले गरेको कामको समीक्षा, उपलब्धि लगायतको बारेमा जानकारी गराउनु भएको थियो । संस्था स्थापना भएको छोटो समयमा धेरै प्रगति र समाजसेवा गर्न सफल संस्थाले प्रगतियोग्य काम गरेको छ । साथै संचारकर्मीहरुले सत्यतथ्य रुपमा समाचार सम्प्रेषण गर्न समेत आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा एभरेष्ट चेम्बर अफ कमर्श एण्ड ईन्ड्रष्ट्रिज भारतका सह माहामन्त्री गोविन्द पोख्रेलले उद्योगि व्यवसायीका पिरमर्का बुझ्ने कोहि नहुँदा व्यापार व्यवसाय धरापमा पर्दै गएको बताउनु भयो । उहाँले यसको समस्या समाधानको कुनै उपाय नदेखे पछि व्यवसायीहरु पलायनको बाटो रोज्न बाध्य भएको बताउनु भयो ।

कार्यक्रममा एभरेष्ट चेम्बर अफ कमर्श एण्ड ईन्ड्रष्टिज भारतका सह महामन्त्री एलपि पाण्डेले संघले स्थापना कालको छोटो समयमानै संस्थाले उदाहरणीय कार्यहरु गर्दै संस्थालाई चिनाउन सफल भएको भन्दै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । संघका महासचिव बासुदेव खनालको संचालनमा सम्पन्न समिक्षा तथा सार्वजनिकिकरण कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष हुमनाथ पौडेल, संघका पदाधिकारी, व्यवसायीहरु, संचारकर्मी लगाएतको सहभागिता रहेको थियो ।

यसैविच उद्योग व्यपार संघ कपिलवस्तुले यहिँ माघ ३ गते भारतको राजधानि दिल्लीमा लाग्ने व्यवसायीहरुको लागि बहु उपयोगिय प्रदर्शनी अवलोकनका लागि जाने निर्णय समेत गरिएको उद्योग व्यपार संघ कपिलवस्तुले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.