मालपोत कार्यालय कपिलवस्तुका कर्मचारी माथी हातपात

0
Quantam abroad studies

कपिलवस्तु, पुस २०
तौलिहवामा रहेको भुमि सुधार तथा मालपोत कार्यालय कपिलवस्तुका एक कर्मचारी माथि हातपात भएको छ । कार्यालयको मोठ फाँटमा कार्यरत करार सेवाका कार्यालय सहयोगी निरज कडेल माथि हातपात भएको हो । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नं. ६ महुवाका सर्वजित मिश्राले कंडेललाई हातपात गरेका हुन् ।

लेखापढी व्यवसायी दुर्गा पाण्डेयको सहयोगी कर्मचारीको रुपमा काम गर्दै आएका मिश्राले कंडेललाई हातपात गरेको पीडितको भनाइ छ । के कति कारणले मिश्राले कंडेललाई हातपात गरेका छन् भन्ने अझै खुलेको छैन । हातपात पश्चात मिश्रा कार्यालय बाट बाहिरिएर पछी सम्पर्कबिहिन बनेका छन् । कुटपिटका कारण कंडेलको निधारको देब्रे भागमा चोट लागेको कंडेलले बताए ।

sahani furniture udyog

घटना पश्चात नेपाल प्रहरीको टोली कार्यालयमा पुग्दा हातपात गर्ने मिश्रा सम्पर्कबिहिन भैसकेका थिए । पीडित कर्मचारीको तर्फबाट मालपोत कार्यालयले मिश्रा बिरुद्ध प्रशासनमा उजुरी दिने समेत बताइएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.