मन्त्री आचार्यद्वारा स्वास्थ्य केन्द्र र वडा भवनको उदघाटन

0
Quantam abroad studies

निजामुद्दीन तेली
कपिलवस्तु , माघ २
महाराजगंज न.पा. ३ को वडा कार्यालय तथा जमुनी आधारभूत स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको बिधिवत उदघाटन भएको छ । नेपाल सरकारका महिला , बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले उक्त नवनिर्मित भवनको उदघाटन गर्नु भएको छ ।

महाराजगंज न.पा. ३ को वडा कार्यालयको भवन निर्माणका लागी यस महाराजगंज वडा नं. ३ बस्ने सुन्नर मुराउले ०-१-१५ धुर जग्गा निःशुल्क उपलब्ध गराउनु भएको थियो । जमुनी आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणको लागि वडा नं. ३ बस्ने निराजन चौधरीले उपलब्ध गराउनु भएको थियो। यि दुबै भवनको निर्माण खुशी कन्स्ट्रक्सनले गरेको थियो । यि भवन निर्माण गर्न १ करोड़ ३५ लाख बजेट छुटियाएको मध्ये करीब १ करोड़ ७ लाख खर्च भएको र यस पालिका भित्रको वडा नं. २ को कार्यालय बाहेक सम्पूर्ण वडा कार्यालय भवन निमार्ण भईसकेको पालिकको प्रमुख प्रशासकीय अधिकृतक रविन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो। यसैगरी भवन निर्माणका लागी जग्गादातालाइ दोसल्ला ओढाइ र कदरपत्र सहित सम्मान गरिएको छ ।

उदघाटन कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचर्या , अतिथि महाराजगंज न.पा. प्रमुख अब्दुल कलाम मुसलमान र उपप्रमुख रीता कुमारी कुर्मी , पूर्व प्रदेशसभा सदस्य दृगनारायण पण्डे , वडा अध्यक्षहरु लगायत शिक्षाप्रेमी बुद्धजीवि, समजसेविहरुको उपस्थित थियो । उक्त कार्यक्रमको संचालन बृजेश यादवले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.