२२५ जना साइकल यात्रीले गरे कपिलवस्तुका पुरातात्त्विक स्थलको अवलोकन

0
Quantam abroad studies

एस एम न्युज , तौलिहवा
छिमेकी राष्ट्रका र स्वदेशी गरि २२५ जना साइकल यात्रीले कपिलवस्तुका पुरातात्त्विक स्थलको अवलोकन भ्रमण गरेका छन् । साइकलिङ्ग संघ रुपन्देहीको आयोजनामा गौतम बुद्धको अस्तुधातु रहेको नवलपरासीको रामग्रामबाट शुक्रबार उक्त यात्राको शुरूवात गरिएको थियो ।

यात्राकै क्रममा साइकल यात्रीहरु गौतम बुद्धको मावली हुदै कपिलवस्तुमा रहेको सिमसार क्षेत्र जगदीशपुर तालमा शुक्रबार पुगेका थिए । बुद्ध परिपथ प्रचारप्रसार र पर्यटन प्रबर्द्धन उद्देश्यकासाथ बुद्ध ज्ञान यात्रामा निस्केका साइकल यात्रीहरु शनिबार शाक्यहरुको नरसंहार स्थाल सगरहवा हुँदै उनिहरु बुद्ध क्रिडा स्थल तिलौराकोट दरबार क्षेत्रमा पुगेका थिए । साइकल यात्रीहरु तिलौराकोट अवलोकन पछि क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा , बुद्धले ज्ञान प्राप्त गरेपछि आफ्नो बुवालाइ पहिलो पटक भेटेको निग्रोध कुदानको अवलोकन गर्दै गौतमबुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन् ।

तिलौराकोट दरबार क्षेत्रमा साइकल यात्रीहरुलाइ कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेल , कवानपा ३ का अध्यक्ष रुद्र प्रकाश गैरे ( प्रकाश ) , साइकलिङ्ग संघ कपिलवस्तुका अध्यक्ष नासिर गौरीले स्वागत तथा सम्मान गरेका थिए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.