लुम्बिनी प्रदेशको पहिलो मुस्लिम पाइलटलाई स्वागत तथा सम्मान

0
Quantam abroad studies

शहबाज खान, कपिलवस्तु 
लुम्बिनी प्रदेशका पहिलो मुस्लिम कामर्शियल पाइलट फ़ैज़ अहमद शाहलाई कृष्णनगर नगरपालिकाको वडा नं.३ ले फुलमालाका साथ आफ्नो वडामा स्वागत  गरि दोसल्ला ओढाई सम्मानित गरेको छ।

” फ़ैज़ अहमद शाह लुम्बिनी प्रदेशको पहिलो मुस्लिम कामर्शियल पाइलट हुन। “

शाह बाल्यकाल देखि नै पढ़ाईमा निकै मिहिनेत गर्दै आएका थिए ‌। अल्पसंख्यक मुस्लिम समुदाय व्यापार व्यवसाय तथा राजनीतिमा मात्रै तल्लिन हुन्छन भन्ने कुरालाई चिर्दै फ़ैज़ अहमद शाहले लुम्बिनी प्रदेशमै एक उदाहरण बनेका कृष्णानगर नपा ३ का अध्यक्ष सगीर अहमद खाँले बताए। बाल्यकाल देखि नै पढ़ाईमा मिहिनेती र लगाव राख्दै आएका फ़ैज़ मुस्लिम अगुवाहरुका अनुसार उनी मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेश‌कै पहिलो कामर्शियल पाइलट रहेको वडआध्यक्ष  सगीर खाँले बताएका छन् ।

sahani furniture udyog

फ़ैज़ले सनराइज बोर्डिंग स्कूल लाजिमपाट काठमान्डौबाट २०७२ सालमा प्रथम श्रेणीमा पास गरि फ्लाइट ट्रेनिङ स्कूल दक्षिण अफ्रिकाबाट निजी पाइलट उडानको लाइसेन्स लिएर २०८० सालमा एशियन इन्स्टिच्युट अफ एभिएसन फिलिपिन्सबाट कामर्शियल पाइलटको लाइसेंस प्राप्त गरेका हुन।

कृष्णनगर नगरपालिका वडा नं.३ निवासी फ़ैज़ अहमद शाह राजनितिक परिवारका भएपनि शाहले शुरु देखि आफ्नो पढ़ाई तिरा ध्यान लगाई आफ्नो मिहिनेतले यस कृष्णनगर नगरपालिका तथा लुम्बिनी प्रदेश‌कै नाम चर्चामा ल्याउन साथै लुम्बिनी प्रदेशका विद्यार्थीहरुको मनोबल बढाएको युवा कैफ अहमद, एहतेशाम (केके खां) इमरान, इन्जिनीयर फरहान अहमद खां लगायतहरुले बताए।

कृष्णनगर नगरपालिका वडा नं. ३ ले पाइलट शाहलाई स्वागत तथा सम्मान गर्ने वेला कृष्णानगर नपाका स्वास्थ्य संयोजक शंकर भट्टराई, वडा सचिव आलोक कुमार मिश्रा योजना शाखा प्रमुख राजेश मिश्रा, वडा सदस्य ज्योति कोरी,पुजारी लाल बढाई, दुखरा कोहार, मोमिना खातुन, कम्प्यूटर आपरेटर दीप कुमार कोहार, अब्दुल्ला खां, लगायतहरुको उपस्थिति थियो।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.