
कपिलवस्तु , चैत्र १५
कपिलवस्तुको एक युवतीले सुसाइड नोट लेखेर आत्महत्या गरेकी छिन् । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. ३ पडसडा निवासी मनिता चौधरीले आत्महत्या गर्दै तिन पानाको नोट लेखेकी छिन् । उनले प्रहरीले आफ्नो आमा बुवाको कुरा नसुनेको र घरायसी बिवादमा प्रहरीले आफुलाई दोषी ठानेको नोटमा उल्लेख गरेकी छिन् ।
घरायसी बिवादमा ठुलोबुबा र उनकी बुहारीले आफु र आफ्ना बुबाआमालाई गालीगलौच र हातपात गरेको भन्दै आत्मसम्मान गुमाउन पुगेको ठहर गर्दै उनले आत्महत्या गरेको सुसाइड नोटमा उल्लेख गरेकीछिन् ।
कागजको पानामा ‘म आत्महत्या गर्न गईरहेछु, म (मनिता चौधरी) मर्नुको पछाडि मेरे घरको कसैको दोष छैन्, मेरो ठूलो बुबा (प्रभुदयाल चौधरी) र उनको बुहारी उषा कुर्मीको दोष रहेको नोटमा उल्लेख गरेकी छिन्। उनले मेरो केही गल्ती नभएपनि ऊनी दोषी ठहराएकी र पुलिसले पनि उनको आमा बुबाको कुरा नसुनेको नोटमा लेखेकी छिन् । घरायसी विवादमा बुवाले, चौकीमा उजुरी नदिनु भएको कारणले पुलिस हाम्रो परिवारलाइ दोष ठानेको समेत नोटमा लेखिएको छ ।

उनले सुसाइड नोटमा थप लेखेकी छिन् , ‘उषाले भनिन्, सबै कुरा गल्तीको सुरुवात मैले गरेको हो । त्यो मलाई स्वीकार छैन् । हाथापाईको सुरुवात पनि उषाले गरेकी हुन्, हामीले निवेदन नदिएकै कारणले पुलिसले हामीलाई दोषी भनेको छ । कोही निवेदन नदिदैमा दोषी हुन्न हजुर, कमसेकम घटनाको सत्य सम्म पुगी फैसला सुनाउनुहोस् ताकि पीडितले न्याय पाउन ।’
मनिताले आफु जस्तो अरु कोहि अन्यायमा नपरोस् लेख्दै उनले आफ्नो सुसाइड नोटमा आफ्नो मृत्युको कारण आफ्नो ठुलोबुबा प्रभुदयाल चौधरी र उनकी बुहारी उषा कुर्मी रहेको उल्लेख गरेकी छिन् । आफ्नो आत्मसम्मान गुमाउन भन्दा मर्नु ठिक ठान्दै उनले आत्महत्या गरेको समेत नोटमा उल्लेख गरेकी छिन् ।
यस विषयमा कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक (डीएसपी) हरि बहादुर वलीलाइ फोन सम्पर्क गर्दा फोन उठेन । मनिता कपिलवस्तु बहुमुखी क्याम्पस बिएड चौथो बर्षमा अध्ययनरत बिद्यार्थी हुन् ।
