कपिलवस्तु राष्ट्रिय मा.वि.चेतरादेईको अभिभावक भेला , ४ सदस्यीय समिति गठन

0
Quantam abroad studies

कपिलवस्तु , चैत्र १९
कपिलवस्तु राष्ट्रिय माध्यमि विद्यालय चेतरादेईको अभिभावक भेला आज आज सम्पन्न भएको छ । बुद्धभुमि नगरपालिका वडा नम्बर १० चेतरादेई विद्यालयको प्रंगाण भएको अभिभवाक भेला बाट ४ सदस्यीय समिति सर्व सहमतिबाट चयन भएको हो । समितिमा बिक्रम खरविन्द,पार्बती केवट , मुसे धोबी र भागवती पासी सर्वसहमत चयन भएका छन् । सर्बसहमतबाट चयन भएको समितिलाई विद्यालयका निवर्तमन अध्यक्ष राजेश गुप्ताले सपलताको शुभकामना व्यक्ति गर्नु भएको थियो ।

विद्यालयलाई कक्षा १२ सम्म संचालन गर्न हामी सफल भएका छौ अगामी दिनहरुमा गुणस्तरीय शिक्षामा समितिले बिशेष ध्यान दिन गुप्ता जोड दिनु भयो । नव चयन भएका समितिलाई शुभकामना दिदै विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नको लागि वडा बाट हुने सम्पुर्ण सहयोग गर्ने बुद्धभुमि नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सन्दीप कुमार पाण्डेयले बताउनु भयो । सर्व सहमतिबाट ४ सदस्य समिति चयन भएकोले बुद्धुभुमि नगरपालिका शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख कृष्ण प्रसाद भट्टराईले खुसी हुदै सपलताको शुभकामना व्यक्त गर्नु भएको थियो । अगामी दिनको समितिको बैठक बाट सर्वसहमतबाट अध्यक्ष पद चयन गर्न पनि उहाले शुभकामना दिनु भयो ।

sahani furniture udyog

विद्यालयको सम्पुर्ण किसिमको विकास गर्नको लागि सबै संग हतेमलो गर्दै अगाडि बढ्ने नवा चयन भएका समितिबाट बोलदै बिक्रम खरविन्द बताउनु भयोे । बुद्धुभुमि नगरपालिका शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख कृष्ण प्रसाद भट्टराई को अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथितिमा वडा नम्बर १० का वडा अध्यक्ष सन्दीप कुमार पाण्डेय रहनु भएको थियो । अतिथिहरुमा वडा नम्बर १० का वडा सदस्य मेघनाथ केवट , सामुदायिक रेडियो कपिलवस्तुका पुर्व स्टेसन म्यानेजर तुलसी राम यादव , सनशाईन सामुदायिक आधारभूत विद्यालय ढडिहवाको प्रधानाध्यापक रामशुभग यादव , धनकौली मा.बि. धनकौलीका प्राधानाध्यापक लक्ष्मन तिवारी , सनशाईन सामुदायिक आधारभूत विद्यालय ढडिहवाको अध्यक्ष रात्ती थारु, विद्यालयका पुर्व अध्यक्ष शिवलाल यादव लगात पुर्व अध्यक्षहरु , विभिन्न विद्यालयको प्रतिनिधिहरु , शिक्षाप्रेमी लगायत रहनु भएको थियो ।

कार्यक्रममा अभिभावक , शिक्षक ,विद्यार्थी लगायतको सहभाति रहेको थियो । कार्यक्रमको संचालन विद्यालयक प्रधानाध्यापक परशुराम यादवले गर्नु भएको थियो भने स्वागत मन्तव्य विद्यालयका सहयक प्रधानाध्यापक रामसुरेन्द्र केवटले राख्नु भएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.