“अवधी भाषा कला साहित्य संरक्षण अभियान, महाराजगन्ज नगरपालिका कय उत्कृष्ट पहिचान ” मुल नाराको साथ कार्यक्रम सम्पन्न

कपिलवस्तु , चैत्र २४
महाराजगन्ज नगरपालिका वडा नं ३ जमुनीमा स्थित वडा कार्यालयमा अवधि लोक गित संगीत संरक्षण कार्यक्रम सम्पन्न भएको छ । “अवधी भाषा कला साहित्य संरक्षण अभियान, महाराजगन्ज नगरपालिका कय उत्कृष्ट पहिचान ” मुल नाराकाे साथ कार्यक्रम आयोजना गरिएको थियो ।
प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला भरिका दर्जन बढी अवधी गायक र कलाकारले आफ्नो प्रस्तुति दिएका थिए ।
कार्यक्रमकाे प्रमुख अतिथि रहेका प्रतिनिधि सभा सदस्य एवम् पूर्व मन्त्री सुरेन्द्र राज आचार्यले अवधी भाषाकाे निकै पुरानो र महत्त्वपुर्ण भाषा रहेको बताउनुभयो । अवधी भाषा , कला , संस्कृति , रितिरिवाजलाइ सबैले संरक्षण गर्नु पर्छ र हालको नयाँ पिढिलाइ यस सम्बन्धमा जागरुक गर्न आवस्यक रहेको समेत प्रतिनिधि सभा सदस्य आचार्यले बताउनु भएको छ ।
कार्यक्रमकाे विशिष्ट अतिथि महाराजगन्ज नगरपालिका नगर प्रमुख अब्दुल कलाम खानले अवधी भाषाको महत्त्व नयाँ पिढिले नबुझ्दा यो भाषा निकै पछाडी पर्दै गएको छ । लुम्बिनी प्रदेशको दोस्रो ठुलो भाषाको रुपमा रहेको अवधी भाषालाई नयाँ पिढिले बिस्तारै बाेल्न छाेडिरहेका छन् । नगर प्रमुख खानले हाम्रो पहिचान अवधी भाषा नैे रहेको बताउदै यसलाई संरक्षण गर्न सबै लाग्नु पर्नेमा जोड दिनु भएको छ।

उक्त कार्यक्रम अवध जागरण मिडिया प्रा. लि. को आयाेजना , अवधी पत्रकार संघ कपिलवस्तुकाे समन्वय र महाराजगन्ज नगरपालिका वडा नं ३ काे सहयोगमा सम्पन्न भएको थियो ।

कार्यक्रममा अतिथिको रुपमा महाराजगन्ज नगरपालिकाको उप प्रमुख रिता कुर्मी , महाराजगन्ज नगरपालिका वडा नं ३ काे अध्यक्ष नैन दास माैर्य , वडा १ काे अध्यक्ष प्रमाेद चाैधरी , वडा नं ५ काे अध्यक्ष छेदी प्रसाद चाैधरी , अवधी भाषाका कलाकार , पत्रकार र अवधी भाषा प्रेमी लगायत अन्य व्यक्तिहरुकाे उपस्थिति रहेको थियो ।
