नेपाल भारत मैत्री सम्बन्ध अमर रहोस उद्देश्यका साथ इफ्तार र राहत वितरण

0
Quantam abroad studies

शहबाज खान‌ , कपिलवस्तु
नेपाल भारत मैत्रीसम्बन्ध अमर रहोस् भन्ने उद्देश्यका साथ कपिलवस्तुमा इफ्तार तथा गरीब असहायहरुमा राहत वितरण गरिएको छ ।

लोक कल्याण तालिम नामक संस्थाले कपिलवस्तुको शिवराज नगरपालिका, विजयनगर गाउँपालिका , कृष्णनगर नगरपालिकाको विभिन्न गाउठाउँमा राहत वितरण तथा इफ्तार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

sahani furniture udyog

नेपाल सरकारका पूर्व कृषि तथा सहकारी मन्त्री समेत रहेका अकबाल अहमद शाहले नेपाल भारतको सम्बन्ध मजबुत बनाउनका लागि कपिलवस्तुका विभिन्न ठाउँमा इफ्तार र नेपाल भारतका गरीब असहाय परिवारहरुमा राहत सामग्री वितरण कार्यक्रम अगाडि बढाउनु भएको छ।

मुस्लिमहरूको पवित्र महिना रमजानमा इफ्तारी कार्यक्रम र राहत वितरण कार्यक्रम आयोजना गरेको लोक कल्याण तालिमका प्रमुख तथा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अकबाल अहमद शाहले जानकारी दिनुभयो ।

उहाँले कपिलवस्तुको कृष्णनगर, महाराजगंज, चन्द्रौटा लगायतका क्षेत्रमा इफतार कार्यक्रम आयोजना गर्नु भएको हो । नेपाल भारतको सम्बन्धका बारेमा केही व्यक्तिहरूले नकारात्मक प्रचार गरेको हुनाले नेपाल भारत सम्बन्ध एकदमै राम्रो र सुदृढ मजबुत रहेको भन्दै इफ्तार र राहत सामाग्री वितरण गरेको शाहले जानकारी दिनु भयो ।

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष समेत रहेका अकबाल अहमद शाहले नेपाल भारतको सम्बन्ध मजबुत रहेको बताउनुभएको ।

रमजान अवधिभर विभिन्न गाउठाउँमा गरि लगभग एक हजार भन्दा बढ़ीलाई इफ्तार र २०० भन्दा बढी गरीब असहाय परिवारहरुमा खाद्यान्न राहत सामग्री वितरण गरेको र कार्यक्रमलाई निरन्तरता दिँदै आउनुभएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.