दलित केन्द्रको अनुकरणीय कार्य , ८० जना मानसिक समस्या भएका व्यक्तिलाई मनोचिकत्सक बिशेषज्ञ स्वास्थ्य सेवा

0
Quantam abroad studies

शत्रुघन खरविन्द ,कपिलवस्तु , चैत्र २६
दलित सामाजिक विकास केन्द्रले आज अनुकरणीय कार्य गरेको छ । कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिकाको वडा नम्बर १ पकडी स्वास्थ्य चौकीमा “विभेद रहित समतामूलक समाज” भन्ने नारा सहित एक दिन निशुल्क मानसिक स्वास्थ्य शिविर आज संचालन गरेर अनुकरणीय कार्य गरेको हो ।

निशुल्क मानसिक स्वास्थ्य शिविरबाट ८० जनालाई मनोचिकित्सक तथा मन रोग बिशेषज्ञ डाक्टर सन्दीप कुमार बर्मा र डाक्टर मौसमी थापा द्वारा मानसिक स्वास्थ्य सेवा प्रदान गरिएको थियो । सामान्य रोग वा प्राथमिक रोगको जुनसुकै ठाउँमा उपचार पाइने तर मानसिक समस्याको सेवा सबै ठाउँमा नमिल्ने भएकोले निशुल्क मानसिक स्वास्थ्य शिविरमा विशेषज्ञ सहितको सेवा प्रदान गरिएको यूनाइटेड मिसन टु नेपाल (यू.एम.एन) द्वारा संचालित मानसिक स्वास्थ्य परियोजनका परियोजना व्यवस्थापक ललिता चौधरीले बताउनु भएको छ । मानसिक समस्या भएका व्यक्तिहरुलाई निशुल्क रुपमा औषधी उपचार हुदैै आइरहेको चौधरीले बताउनु भयो ।

खाना खान मन नलाग्ने , काम गर्न जाँगर नचल्ने , निन्द्रा नलाग्ने , धेरै चिन्ता (टेन्सन ) लिने , शरीर थाकेको वा कमजोर भएको महशुस हुने ,दिक्क लाग्ने वा निरास हुने , एक्लै बस्न रुचाउने र टोलाउने जस्ता लक्षणहरु दुई हप्ता भन्दा बढी समय अवधिसम्म देखिएमा वा व्यक्तिको दैनिक क्रियाकलापमा परिवर्तन आएमा मनको समस्या भएको हुनसक्ने मनोचिकित्सक तथा मनोरोग विशेषज्ञ डाक्टर सन्दीप कुमार बर्मा ले बताउनु भएको थियो । एक्लै बस्न रुचाउने , दिक्क लाग्ने , वा निरास हुने , टाउको वा शरीर दुख्ने , डर लाग्ने , रिस उठ्ने , झिँजो वा झर्काे लाग्ने , आत्म गलानि ,केही गर्न सक्दिन जस्तो लाग्ने , निर्णय लिन नसक्ने , भविष्यप्रतिको चिन्ता वा नकारात्मक सोच आफुलाई दोषी ठान्ने , सामाजिक अन्र्तक्रियाहरुबाट टाढिने जस्त लक्ष्णहरु देखिएमा पनि मानसिक समस्या भएको हुनसक्ने मनोचिकित्सक तथाा मनोरोग विशेषज्ञ डाक्टर मौसमी थापाले बताउनु भयो । यदि यस्तो समस्या देखिएमा तुरन्तै मनोचिकित्सक तथा मनोरोग विशेषज्ञ डाक्टर सेवा लिनुहुन उहाँले अनुरोध गर्नु भयो ।

sahani furniture udyog

मायादेवी र यशोधरा गाउँपालिकाको स्वास्थ्य संस्थाहरुमा मनोसामाजिक समस्या भएका व्यक्तिहरुलाई एक वर्ष भित्रमा जम्मा १२ पटक मनोचिकित्सक तथा मनोरोग विशेषज्ञ डाक्टरहरुले निशुल्क स्वास्थ्य सेवा दिने दलित सामाजिक विकास केन्द्रद्वारा संचालित मानसिक स्वास्थ्य परियोजनाको कार्यक्रम संयोजक निर्मला सिंहले बताउनु भयो ।
मानसिक समस्याले गर्दा दैनिक जीवनमा विभिन्न किसिमको कार्यहरुमा अबरोधहरु भइरहेकोले पालिकबाट पनि आगामी दिनहरुमा मनोचिकित्सक डाकटर र औषधीको बजेट विनियोजन गर्ने मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सविन सिंह चौधरीले प्रतिबद्धता जनाउनु भएको थियो ।

संस्थाबाट संचालन भइरहेको कार्यक्रमहरुमा मायादेवी पालिकाबाट भइरहेको सहयोग प्रति दलित सामाजिक विकास केन्द्रका सह सचिव कुसुम कोरीले धन्यावद दिनु भएको थियो । पालिकाबाट सक्दो सहयोग गर्ने मायादेवी गाउँपलिकाका गाउँपालिका अध्यक्ष वलिद्दीन मुसलमानले बताउनु भयोे । संस्थाद्वारा निशुल्क मानसिक स्वास्थ्य शिविर आफ्नो वडामा गरेकोमा वडा नम्बर १ का वडा अध्यक्ष मोहमद इसाहक मुसलमानले धन्यावद व्यक्ति गर्नु भएको थियो ।

कार्यक्रम मायादेवी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मोहमद इसाहक मुसलमानको अध्यक्षता वलिउद्दीन मुसलमानको प्रमुख आतित्थामा भएको थियो । विशिष्ट अतिथि दलित समाजिक विकास केन्द्रका सह–सचिव कुसुम कोरीको थियो । अतिथिहरुमा मायादेवी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सविन सिहं चौधरी,पकडी स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत विश्व नाथ ठाकुर ,यू.एम.एनका परियोजना व्यवस्थापक ललिता चौधरी लगायत रहनु भएको थियो ।

दलित समाजिक विकास केन्द्र र यूनाइटेड मिसन टु नेपाल (यू.एम.एन) को संयुक्त साझेदारीमा संचालित मानसिक स्वास्थ्य परियोजनको अयोजना र मायादेवी गाउँपालिकाको समान्यमा भएको थियो । कार्यक्रम मायादेवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख महेन्द्र प्रसाद यादवले सञ्चालन गर्नु भएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.